मुख्य समाचार
गेस्ट हाउसमा एक युवती मृत अवस्थामा फेला | दक्षिण कोरियाको जङ्गलमा सुख्खा मौसम र हुरीका कारण भीषण आगलागी, २४ जनाको मृत्यु | लोकेश बमको उत्कृष्ट ब्याटिङमा कोशीलाई हराएपछि एपिएफ फाइनल खेल्ने होडमै | यस्ताे छ आजकाे सेयर बजार परिसूचक(नेप्से) | बुधबार सेयर बजार (नेप्से) ४० दशमलब ४७ अंक बू4789+965232 | बुधबार सेयर बजार (नेप्से) ४० दशमलब ४७ अंक बू4789+96523232120 | साफकाे महासचिवमा पुरुषोत्तम कट्टेल नियुक्त | वेस्ट बैङ्कमा नयाँ बस्ती बसाल्ने इजरायली निर्णयप्रति बेलायतकाे विरोध | लोकतन्त्र र गणतन्त्रका विषयमा नकारात्मक भाष्य निर्माण गर्ने कोसिस : गृहमन्त्री लेखक | शकिबको अर्धशतकमा एपीएफलाई कोशीको प्रतिस्पर्धात्मक लक्ष्य |

अपराध २ श्रावण २०८०
नक्कली बाबु बनेर नागरिकताको सिफारिस गर्ने दुई जना कारागार चलान

ओमकार टाइम्स

विराटनगर । नक्कली बाबु बनेर नागरिकताको सिफारिस गर्ने दुई जनालाई मोरङ जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ । 

डेढ वर्ष अगाडि पक्राउ परेका ताप्लेजुङ मौवाखोला ४ का ६१ वर्षीय सूर्यहाङ लिम्बू र सुनसरीको धरान ११ बस्ने ६० वर्षका सूर्यबहादुर फयाङ लिम्बूलाई जिल्ला अदालत मोरङले सोमबार पुर्पक्षका लागि कारागार चलान गरेको हो । 

दुवैजनालाई प्रहरीले २०७८ साल माघ २४ गते पक्राउ गरेको थियो । जिल्ला प्रशासन कार्यालय मोरङबाट सूर्यहाङ लिम्बूले बेलबारी नगरपालिका ११ बस्ने भन्दै आफू बुबा भएको कागजात बनाएर कास्की पोखरा १० स्थायी घर भएका रविन गुरुङ, पोखरा १२ का प्रसान्त मगर र पोखरा १६ का गणेश गुरुङलाई नागरिकता बनाउन सिफारिस गरेका थिए । सो किर्ते धन्दामा सूर्यहाङलाई सूर्यबहादुरले सहयोग गरेका थिए । 

झुटो विवरण पेश गरेको थाहा पाएपछि पक्राउ परेका लिम्बूद्वयले सुरज लिम्बू, साजन लिम्बू र सविन लिम्बूको नाममा झुटो नागरिकता बनाएको खुलेको थियो । त्यसै क्रममा पक्राउ परेका उनीहरुलाई प्रहरीले आवश्यक अनुसन्धान गरी मोरङ जिल्ला अदालतमा पेश गरेको थियो । अदालतको आदेशले उनीहरु पुर्पक्षको लागि कारागार चलान भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता रन्जनकुमार दाहालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार