आईसीसी टी–२० विश्वकपमा समूह ए अन्तरगतको खेलमा भारतले पाकिस्तानलाई ६ रनले पराजित गरको छ । >
जितका लागि १ सय २० रनको लक्ष्य पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ११३ रन मात्र बनाउन सक्यो ।>
भारतको यो लगातार दोस्रो जित हो भने पाकिस्तानको लगातार दोस्रो हार । टी–२० भारतले रक्षा गरेको यो सबैभन्दा कम योगफल पनि थियो ।>
पाकिस्तानका लागि मोहम्मद रिजावनले सर्वाधिक ३१ रन बनाए । उनले ४४ बलमा १ चौका र १ छक्का प्रहार गरे । >
इमाद वसिमले २३ बलमा १५ रन जोडे भने कप्तान बाबर आजम, उसमान खान र फखर जमानले १३–१३ रनको योगदान दिए ।>