मुख्य समाचार
शिक्षकको आन्दोलनले कोर एरियामा दिनभर ट्राफिक जाम | महिला क्रिकेट : भारत र पाकिस्तान एसियाली खेलकुदको सेमिफाइनलमा | शिक्षकहरुसँग वार्ता गर्ने जिम्मा उपप्रधानमन्त्री श्रेष्ठलाई | शिक्षकका माग पुरा गर्न दबाब दिँदै एमालेले बुझायो सरकारलाई ज्ञापनपत्र | सरकारले भन्यो–शिक्षकसँग गरेका सहमतिबाट पछि हट्दैनौँ | विद्यार्थीलाई पढ्न पाउने अधिकारबाट वञ्चित नगर्न महानगरको आग्रह | इन्डो–प्यासिफिक सैन्य प्रमुख सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति | ‘जनमुक्ति सेनाबाट नेपाली सेना बनेका अधिकारीको पदावधि सैनिक नियमावलीअनुसार थप’ | इन्डो–प्यासिफिक सैन्य प्रमुख सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति | विद्यार्थीलाई पढ्न पाउने अधिकारबाट वञ्चित नगर्न महानगरको आग्रह |

मनोरञ्जन २६ श्रावण २०८०
‘गाउँ आएको बाटो’ क्यानडाको ‘टोरोन्टो इन्टरनेशनल फिल्म फेस्टिभल’मा छनौट

ओमकार टाइम्स

काठमाडौँ । दयाहाङ राई अभिनीत फिल्म ‘गाउँ आएको बाटो’ क्यानडाको ‘टोरोन्टो इन्टरनेशनल फिल्म फेस्टिभल–२०२३’मा छनोट भएको छ । नवीन सुब्बा निर्देशित फिल्म ‘सेन्टर पिस’ सेक्सन अन्तर्गत छानिएको हो । 

७ देखि १७ सेप्टेम्बरसम्म चल्ने फेस्टिभलमा निर्देशक सुब्बा आफै सहभागी हुँदै छन् । यसअघि उक्त फिल्म फेस्टिभलमा नेपाली फिल्म ‘सेतो सूर्य’ छनोट भएको थियो ।

विश्वको प्रतिष्ठित महोत्सवमा नेपाली फिल्म छनोट हुनु नेपाली फिल्म क्षेत्रका लागि सकारात्मक भएको निर्माण युनिटले जनाएको छ । फिल्मले नेपाली फिल्मको विश्वमा दृश्यता बढाउने आशा निर्माण पक्षको छ ।

राई समुदायको सामाजिक पृष्ठभूमिमा बनेको फिल्म गाउँमा सडक आएपछि बाबु–छोराको सम्बन्धमा आउने उतार–चढावमा आधारित छ । 

सामुदायिक लगानीको अवधारणामा बनेको फिल्ममा दयाहाङका अलवा पशुपति राई, प्रसन्न राई, केशव राई, प्रेम सुब्बा, राज थापा, सुमित्रा राई आदिको अभिनय छ । महेश राई र निर्देशक नवीन सुब्बाको लेखन रहेको फिल्ममा अमेरिकी नागरिक जोस हेरमको छायाङ्कन, क्वान पुन लिउङको सम्पादन, हेडी लिको सङ्गीत  छ ।

मिन्सो लिम्बु लाइन प्रोड्युसर रहेको फिल्मको कार्यकारी निर्माता सन्जु राई, नरहाङ राई, भीम राई र देवराज राई रहेका छन् भने आमोद राई र नवीन सुब्बा निर्माता हुन् ।

छोमोलोङमा प्रोडक्सन र गाउँघर फिल्म प्रडक्सनको सहयोगमा मेन्छ्याम पिक्चर्सको ब्यानरमा फिल्म निर्माण भएको हो । 

प्रतिक्रिया

सम्बन्धित समाचार