स्पेनिस फुटबल क्लब बार्सिलोना यस सिजनको ला लिगा उपाधि जित्न सफल भएको छ ।>
इस्पानयोल क्लबसँग आइतबार राति २ का विरुद्ध ४ गोल गरेसँगै चार खेलअगावै बार्सिलोना सन् २०२२–२०२३ सिजनको ला लिगा च्याम्पियन बन्न सफल भएको हो ।>
बार्साको जितमा रोवर्ट लिवानडोस्कीले २ गोल गरे भने आलेजान्द्रो बाल्डे र जुलेस काउन्डेले १/१ गोल गरे । इस्पानयोलका लागि भने जाभी पाउल्डो र जोसेलुले १/१ गोल गर्दै सान्त्वना गोल फर्काए ।>
यो खेलसँगै बार्सिलोनाको ३४ खेलबाट ८५ अंक बटुल्न सफल भयो । समान खेलबाट दोस्रो स्थानको रियल मड्रिडको ७१ अंक छ । मड्रिडले सबै चार खेल खेल्दा पनि बार्सिलोनालाई उछिन्न नसक्ने अवस्था बनेपछि बार्सा चार खेलअगावै विजेता घोषित भएको हो ।>
बार्साले उपाधि जितेसँगै सो क्लबका समर्थकले क्लब अगाडि र बार्सिलोना शहरमा खुसियाली मनाएका छन् ।>
चार वर्षमा पहिलोपटक बार्सिलोनाले उपाधि जित्न सफल बन्यो । यसअघि सन् २०१८–२०१९ सिजनमा बार्साले यो उपाधि हात पारेको थियो । यो उपाधिसँगै बार्सिलोनाले २७ पटक ला लिगा उपाधि जित्न सफल भयो । रियल मड्रिडले भने ला लिगा ३५ पटक जितेको छ ।>
बार्सिलोनाका पूर्वखेलाडी जाभी हर्नान्डेज हाल बार्सिलोनाका प्रशिक्षक हुन् । उनले आफू आफ्ना खेलाडीको सफलतामा खुसी र सन्तुष्ट भएको प्रतिक्रिया दिएका छन् ।>
>>