समाचार २७ असार २०८१
रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

रेखा चौहान

दमक / रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा रुन्टीगढी गाउँपालिका – ६ निगालपानीका ३२ बर्षीय महेष थापा रहेका छन् ।

रुन्टीगढी गाउँपालिका स्यालास्थित सावडाँडादेखि डुब्रिङ हुँदै होलेरी जोड्ने भित्री सडक खण्डमा गएराति रा १ ख २१३९ नम्बरको मिनी ट्रक दुर्घटना हुँदा चालक थापाकाे मृत्यु भएकाे हाे । थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएकाे छ । 

प्रहरीका अनुसार उकालो बाटोमा गाडी मोड्न खोज्दा अचानक ब्याक हुन गइ ६५ मिटर तल खसेकाे हाे । उक्त दुर्घटनामा ८ वर्षीय बालक सुजन रावत पनि घाइते भएका छन् । उनको टाउको ढाडमा चोट रहेपनि अवस्था सामान्य रहेको  छ। बालकलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र होलेरी पठाइएको प्रहरीले जनाएकाे छ । 




प्रतिक्रिया

सम्बन्धित समाचार