काठमाडौँ । ज्ञानेन्द्र देउजाको निर्देशन रहने फिल्म ‘उपहार’ शुभमुहूर्त गरिएको छ । बिहीबार पशुपतिनाथ मन्दिरमा फिल्मको शुभमुहूर्त गरिएको हो । फिल्मको मुहूर्त गरिएको निर्देशक ज्ञानेन्द्र देउजाले जानकारी दिए ।>
रेखा फिल्मस् र कपनगढी ब्यानरले संयुक्त रुपमा निर्माण गर्न लागेको फिल्मको छायांकन सोमबारदेखि सुरु हुनेछ । ४० दिनको सेड्युल तय गरिएको फिल्म काठमाडौँमै खिचिनेछ । >
फिल्ममा रेखा थापा, बेनिशा हमाल, पूजा शर्मा, मुकुन भुसाल, तेज गिरी, समर्पणजंग कार्की, शिशिर राना, अंशु थापा लगायतका कलाकारको अभिनय रहेनछ ।>
अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, कविराज गहतराजको नृत्य, विष्णु कल्पितको छायांकन र रोशन श्रेष्ठको एक्सन रहने फिल्ममा देव गुरुङको सम्पादन छ । >