गाजा । हमासले तीनजना बन्धकहरूलाई रिहा गरेको छ । रिहा हुनेमा अलेक्सान्डर त्रोफानोभ, याइर होर्न र सागुई डेकेल चेक रहेका छन् ।\>
तीनै जनालाई रेडक्रसलाई हस्तान्तरण गरिएको थियो । रेडक्रसले उनीहरूलाई गाजाकै अर्को ठाउँमा रहेका इजरायली सेनालाई बुझाएको छ । त्यसपछि सेनाले उनीहरूलाई इजरायली भूमिमा लैजाने छ । >
>>>
>
जनवरी १९ मा युद्धविराम सुरु भएयता हमासले यसअघि १६ जना इजरायली र ५ थाई बन्धकहरूलाई रिहा गरिसकेको छ । बदलामा इजरायलले पनि ७६६ जना प्लालेस्टिनी कैदीहरूलाई छाडेको छ ।>>