मुख्य समाचार
अनुमतिबिना वस्तु विनिमय बजार सञ्चालन गरे कारबाही हुने | सत्ता समिकरणमा फेरबदल ल्याउने उद्देश्यले रवि लामिछानेलाई नागरिकताको मुद्दा हालियो: शंकर पोखरेल | अर्थमन्त्रालयद्वारा नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रमको कार्ययोजना तयार | नेप्सेले तोड्नै सकेन छ महिना अघिको उचाई, २१९६ मा कडा प्रतिरोध | गृह मन्त्रालयबारे गठबन्धनमा छलफल जारी, रास्वपालाई दिन माओवादीको आनाकानी | नर्सहरुलाई न्यूनतम पारिश्रमिक नदिने निजी अस्पताललाई कारबाही गर्छु : स्वास्थ्यमन्त्री गिरी | सुमन सायमीको आरोप : बालेन शाह पहिलेका शासक भन्दा पनि निरंकुश | नेपाली महिला राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा अनन्त थापा नियुक्त | रविलाई फेरि सभापति बनाउने रास्वपाको तयारी, केन्द्रीय समिति बैठक बोलाइयो | रवि लामिछानेले पुनः लिए नेपाली नागरिकता |

अपराध ९ माघ २०७९
भारतमा २ नेपालीको अपहरणपछि हत्या प्रकरण : ९ जना पक्राउ

ओमकार टाइम्स

 भारतमा अपहरणपछि दुई नेपालीको हत्या गरेको आरोपमा ९ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी विश्वराज खड्काका अनुसार नेपालमा ४ जना र भारतमा ५ जनालाई पक्राउ गरिएको हो। जनकपुर उपमहानगरपालिका ८ का २१ वर्षीय रोहित साह र वडा नम्बर १३ का २२ वर्षीय विष्णु साहको अपहरणपछि हत्या भएको थियो।

उनीहरुको अपहरणपछि हत्या गरेको आरोपमा पक्राउ परेका व्यक्तिहरु प्रहरीले सार्वजनिक गरेको छैन। ‘उनीहरुको संलग्नता रहेको आशंकामा पक्राउ गरेर अनुसन्धान गरिरहेका छौं। उनीहरु हत्या गरिएका व्यक्तिसँग कनेक्सन देखिएको छ। थप अनुसन्धानपछि सबै कुरा सार्वजनिक गर्छौं’, एसपी खड्काले भने।

दुई नेपाली २७ गते भारतमा अपहरणमा परेका थिए। अपहरणपछि फिरौती माग गरे पनि अपहरणकारीले उनीहरुको हत्या गरेका थिए। २८ गते प्रहरीमा जाहेरी परेपछि प्रहरीले अपहरअणकारीको खोजी गर्ने क्रममा दुवै जनाको शव फेला पारेको थियो। दुवैको शव आइतबार धनुषा ल्याएर अन्तिम संस्कार गरिएको छ। घटनाबारे थप अनुसन्धान गरिरहेको धनुषा प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया