समाचार १० फाल्गुन २०७९
राष्ट्रपतिका लागि ओलीले अघि सारे नेपाल र नेम्वाङको नाम

ओमकार टाइम्स

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिका लागि माधवकुमार नेपाल र सुवास नेम्वाङको नाम अघि सारेका छन् । आज (बुधबार) बिहान प्रधानमन्त्री एवं माओादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भएको भेटमा उनले राष्ट्रपतिका लागि दुई नेताको नाम अघि सारेका हुन् ।

एकीकृत समाजवादीका अध्यक्ष नेपालतर्फ संकेत गर्दै उनले ‘तपाईँले पनि वचन दिएका, कांग्रेसले पनि सहयोग गर्दै आएका व्यक्तिलाई एमालेले प्रस्ताव गर्छ’ भनेको ओली निकट स्रोतले बताएको छ । प्रधानमन्त्री प्रचण्डले भने जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग छल्लाह गर्ने जवाफ दिएका छन् ।

स्रोतका अनुसार एमाले अध्यक्ष ओलीले प्रचण्डको भूमिकाप्रति समेत असन्तुष्टि जनाएका छन् । उनले आफ्नो भूमिका गठबन्धनप्रति इमान्दार छ कि छैन प्रष्ट पार्न प्रचण्डलाई आग्रह गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार