समाचार ३० असोज २०७९
विप्लव, जनमत पार्टी र थारु कल्याणकारी सभाका माग पूरा गर्न प्रक्रिया अघि बढाइएको छ : बालकृष्ण

ओमकार टाइम्स

रुपन्देही । गृहमन्त्री बालकृष्ण खाणले नेपाल कम्युनिष्ट पार्टी (विप्लव), सिके राउत नेतृत्वको जनमत पार्टी र थारु कल्याणकारी सभाले राखेका माग पूरा गर्न सरकारले प्रक्रिया अगाडि बढाएको बताएका छन् ।

आइतबार रुपन्देहीको बुटवल उपमहानगरपालिकाको १९ नम्बर वडामा चुनाव प्रचार प्रसार कार्यालयको उद्घाटन कार्यक्रममा उनले ती दलले राखेका राजनीतिक र प्रशासनिक निर्णयबाट पूरा गर्न सक्ने माग पूरा गर्न तत्काल प्रक्रिया अघि बढाउने निर्णय मन्त्रपरिषद बैठकले गरिसकेको बताए ।

उनले यी राजनीतिक दलहरूलाई मूलधारमा ल्याइ मुलुकमा शान्ति स्थापना गर्न कानून संशोधन गर्नु पर्ने भएमा कानून संशोधनको प्रक्रिया अघि बढाउने निर्णय मन्त्रिपरिषद बैठकले गरेको पनि बताए ।

यी दलले विभिन्न आन्दोलनका क्रममा पक्राउ गरिएका कार्यकर्ता बिना शर्त रिहा गर्न, आफूहरूसँग सरकारले गरेका सहमति कार्यान्वयनमा ल्याउन माग गर्दै आएका छन् ।


प्रतिक्रिया

सम्बन्धित समाचार