समाचार २६ मंसिर २०७९
समानुपातिक सूची सच्याउन आज ४ बजेसम्मको समय

ओमकार टाइम्स

 दलले समानुपातिक उम्मेदवारको नाम आज अपराह्नसम्म सच्याउन सक्ने निर्वाचन आयोगले जनाएको छ। आयोगले दलहरूलाई क्लस्टर मिलाएर नाम सच्याउन आज अपराह्न ४ बजेसम्मको समय दिएको हो।

यसअघि आयोगले आइतबार समानुपातिकतर्फ बन्दसूचीमा रहेका उम्मेदवारबाट सिफारिस भएका सांसदहरूको नामावलीलाई समावेशी समूहबमोजिम सच्याएर पठाउन दुई दिनको समय दिएर दलहरूलाई पत्राचार गरेको थियो। आयोगका अनुसार सोमबार अपराह्न ४ बजेसम्म सच्याइएको सूची बुझाउनुर्नेछ।

प्रतिनिधिसभातर्फको नाम सिफारिस गर्न आयोगले २४ मंसिर ४ बजेसम्म समय दिएको थियो। तर, कतिपय दलले पेस गरेको सूचीमा समावेशी समूहबाट उपयुक्त प्रतिनिधित्व नगराएको, कतिपय दलले प्राप्त स्थानभन्दा बढी स्थानमा सिफारिस गरेका थिए।

नामावली सच्चिएर प्रतिनिधित्व भई आएपछि आयोगले निर्वाचित भएको घोषणा गर्ने समानुपातिक प्रणालीतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले जानकारी दिए। आयोगले २२ मंसिरमा थ्रेसहोल्ड कटाउने दलहरूलाई बन्दसूचीमा समावेश समावेशी समूह मिलाएर नाम पठाउन पत्राचार गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार