समाचार ११ मंसिर २०७९
गिरीराजमणि पोखरेललाई पराजित गर्दै महोत्तरी १ मा एमालेका लक्ष्मी महतो विजयी

ओमकार टाइम्स

महोत्तरी–१ मा नेकपा (एमाले)का लक्ष्मी महतो निर्वाचित भएका छन् । आज बिहान सम्पन्न मतगणना परिणामअनुसार उनले आफ्ना निकटतम् प्रतिष्पर्धी नेकपा (माओवादी केन्द्र)का गिरिराजमणि पोखरेलाई एक हजार ३१ मतले उछिन्दै विजयी भएका हुन् ।

महोत्तरी–१ को निर्वाचन अधिकृतको कार्यालयका अनुसार नव निर्वाचित महतोले २४ हजार चार सय एक र पोखरेलले २३ हजार तीन सय ७० मत प्राप्त गरे । त्यो क्षेत्रमा स्वतन्त्र उम्मेदवार पोषण थापाले ७ हजार ८१२ मत पाएका छन् भने जनमत पार्टीका राजकिशोर साहले ३ हजार ५९८ मत पाएका छन्।

पोखरेललाई पराजित गर्ने महतो मनोनयनको अघिल्लो रात मात्रै जसपाबाट एमाले प्रवेश गरेका थिए। यसअघि ०७४ को निर्वाचनमा जसपाबाट महोत्तरी १ मै निर्वाचन लडेका महतोलाई पोखरेलले पराजित गरेका थिए। त्यसैगरी महोत्तरी–१ (१) प्रदेशसभा क्षेत्रमा एमालेकै शारदा थापा आठ हजार दुई सय ४५ मत प्राप्त गरी विजयी भएकी छन्।

थापाका निकटतम् प्रतिस्पर्धी लोसपा नेपालका पिताम्वर महतोले सात हजार पाँच सय ८५ मत पाएको निर्वाचन अधिकृत गुणराज श्रेष्ठले जानकारी दिए । यो परिणाम सार्वजनिक भएसँगै जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभाका सबै क्षेत्रको प्रत्यक्षतर्फको गणना सकिएको छ । जिल्लामा चार प्रतिनिधसभा र आठ प्रदेशसभा क्षेत्र छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार