अपराध २९ जेठ २०८१
किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

रेखा चौहान

दमक / १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा  रिब्दीकोट गाउँपालिका-५ नयाटोल बस्ने ३६ वर्षीय बृहस्पती पचभैया रहेका छन । 

 ती किशोरीलाई शनिबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरीले सोमबार साँझ पचभैयालाइ पक्राउ गरेकाे हाे ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ । 



प्रतिक्रिया