समाचार १० माघ २०७९
माओवादी केन्द्र र नेसपाबीच एकताका लागि वार्ता हुँदै

ओमकार टाइम्स

नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी (नेसपा) बीच पार्टी एकताका लागि मंगलबार वार्ता हुने भएको छ । दुई पार्टीको वार्ता टोली छलफलमा बस्न लागेका हुन् ।

दुई पार्टीबीच एकता गर्न बनेको वार्ता टोलीमा माओवादी केन्द्रका तर्फबाट संयोजक कृष्णबहादुर महरासहितका नेता छन् भने नेसपाका तर्फबाट गंगानारायण श्रेष्ठ सहितको नेता रहेका छन् । टोलीको बैठक मंगलबार दिउँसो २ बजे बस्ने तय भएको नेसपा वार्ता टोलीका संयोजक गंगानारायण श्रेष्ठले बताएका छन् ।

पार्टी एकताका विषयमा सरकारात्मक वातावरण बन्दै गएकाले छिट्टै परिणाम निकालिने श्रेष्ठले बताए । यसअघि शनिवार बसेको वार्तामा दुबै पार्टीको डकुमेन्ट आदानप्रदान गरिएको थियो ।

यसैगरी माओवादीका उपमहासचिव एवम् वार्ता टोलीका सदस्य गिरिराजमणि पोखरेलले पनि यस्तै सकारात्मक रुपमा छलफल अघि बढेको जानकारी दिए । उनले नेसपासहित अन्य दलसँग समेत संवाद अघि बढेको बताएका छन् । वार्ता टोलीले विप्लव नेतृत्वको नेकपासँग समेत एकताका विषयमा छलफल गर्ने पोखरेलले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार