मुख्य समाचार
शिक्षकको आन्दोलनले कोर एरियामा दिनभर ट्राफिक जाम | महिला क्रिकेट : भारत र पाकिस्तान एसियाली खेलकुदको सेमिफाइनलमा | शिक्षकहरुसँग वार्ता गर्ने जिम्मा उपप्रधानमन्त्री श्रेष्ठलाई | शिक्षकका माग पुरा गर्न दबाब दिँदै एमालेले बुझायो सरकारलाई ज्ञापनपत्र | सरकारले भन्यो–शिक्षकसँग गरेका सहमतिबाट पछि हट्दैनौँ | विद्यार्थीलाई पढ्न पाउने अधिकारबाट वञ्चित नगर्न महानगरको आग्रह | इन्डो–प्यासिफिक सैन्य प्रमुख सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति | ‘जनमुक्ति सेनाबाट नेपाली सेना बनेका अधिकारीको पदावधि सैनिक नियमावलीअनुसार थप’ | इन्डो–प्यासिफिक सैन्य प्रमुख सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति | विद्यार्थीलाई पढ्न पाउने अधिकारबाट वञ्चित नगर्न महानगरको आग्रह |

समाचार १८ फाल्गुन २०७९
विद्या भण्डारीसँग राष्ट्रपति हारेकी कुमारीलक्ष्मी भन्छिन्- पहिले महिला चाहियो भन्यो, अहिले पार्टीले बोलाएन

ओमकार टाइम्स

इलेक्ट्रोल कलेजको भोटको आधारमा विद्यादेवी भण्डारीसँग रास्ट्रपति चुनाव लडेकी भोजपुरकी कुमारीलक्ष्मी राईले अहिलेको रास्ट्रपति चुनावमा पार्टीले आग्रह नगरेको बताएकी छन् ।२०७४ फागुन २९ गतेको चुनावमा आफ्नो रोजाइमा नभएर पार्टीकै रोजाइमा उम्मेदवार बनेको भन्दै राईले भनिन्, ‘पहिले म अवकाश भएर भोजपुरमै आएर बसेको थिएँ । मलाई आफैँ पार्टीले बोलाएर उम्मेदवार बनाएको थियो । महिला चाहियो, भोजपुरकै चाहियो भनेर बोलाएको थियो । गएँ । अहिले बोलाएन गइनँ ।’

संविधानसभा सदस्य, नेपाल महिला आयोगको संस्थापक सदस्य सचिवदेखि नेपाली कांग्रेसको केन्द्रीय सदस्यको अनुभव लिइसकेकी राईले २०७४ बाट सक्रिय राजनीतिबाट अवकाश लिएको बताइन् । भनिन्, ‘अवकाश लिएर भोजपुरमै बसेको समयमा पार्टीले आग्रह गरेर रास्ट्रपति उम्मेदवार बन्न भनेपछि बनेको हो ।’

पहिले पार्टीले बोलायो अहिले किन बोलाएन भन्ने नेपाल प्रेसको प्रश्नमा राईले भनिन्, ‘आफूले चाहेर बन्ने भनेको इमानदार बन्ने रहेछ । स्वाभिमानी बन्नेरहेछ । असल बन्ने रहेछ । सांसद, मन्त्रीदेखि रास्ट्रपति चाहिँ अरुले चाहेरमात्रै बन्नेरहेछ ।’

२०७४ सालको इलेक्ट्रोल कलेजबाट भएको पहिलो रास्ट्रपतीय चुनावमा विद्यादेवी भण्डारीले ३९ हजार २७५ मतभार ल्याएकी थिइन् । उनकी प्रमुख प्रतिस्पर्धी कुमारीलक्ष्मी राईले ११ हजार ७३० मतभार ल्याएकी थिइन् । भण्डारी र राई दुवै भोजपुरकै हुन् ।

प्रतिक्रिया