काठमाडौँ । घरजग्गाको कारोबारमा ५ प्रतिशत वा ७.५ प्रतिशत पुँजीगत लाभकर नै अन्तिम लाभकर हुने भएको छ । आन्तरिक राजश्व विभागका अनुसार प्राकृतिक व्यक्तिले तिर्ने पुँजीगत लाभकर नै अन्तिम हुने भएको हो ।>
यसअघि, अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको आर्थिक विधेयकमार्फत तीन आर्थिक वर्षको आय विवरण पेश गर्दा ५० प्रतिशत कर छुट दिने व्यवस्था गरेका थिए । >
तर, आन्तरिक राजश्व विभागले नेपाल जग्गा तथा आवास विकास महासङ्घलाई पत्र लेख्दै ५ प्रतिशत वा ७.५ प्रतिशत लाभकर नै अन्तिम हुने जनाएको हो । विभागका शाखा अधिकृत केदार कुमार श्रेष्ठको हस्ताक्षरित पत्रमा ले भनिएको छ, ‘प्राकृतिक व्यक्तिले लगानी गरेको जग्गा तथा घरजग्गा बिक्री गर्दा हुने लाभमा साबिक बमोजिमकै कानुनी व्यवस्था कायम छ ।’
>