अपराध २८ जेठ २०८१
आमाको हत्या गर्ने एक जना पक्राउ

रेखा चौहान

दमक /  भोजपुरमा आमाको हत्या गरेको आरोपमा एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार साँझ अरुण गाउँपालिका ४ का ३४ वर्षीय मिलन तामाङलाई प्रहरीले पक्राउ गरेकाे हाे । 

उनले आफनै आमा  ६८ वर्षीया निरकुमारी तामाङको खुर्पा प्रहार गरी हत्या गरेका हुन् । अरूणले खुर्पा प्रहार गरी निर कुमारीको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरीले उनलाइ पक्राउ गरेकाे हाे । 

घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएकाे छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार