अन्तर्राष्ट्रिय २९ कार्तिक २०७९
द भ्वाइसमा पारिजिताले गरिन् भाबुक गीत प्रस्तुत, चारै प्रशिक्षकले उभिएर गरे स्वागत

ओमकार टाइम्स

अमेरिकी द भ्वाइसको २२ औ संस्करणमा पारिजिता बाँस्तोलाले भाबुक गीत प्रस्तुत गरेपछि चारै प्रशिक्षकले उभिएर स्वागत गरेका छन् ।१७ वर्षीय बाँस्तोलाले सोमबार राति ८ बजे सुरु भएको १६ प्रतिस्पर्धी मध्ये उनको प्रस्तुति आफ्नो टोली मध्ये नै सर्वोत्कृष्ट भएको छ । तर अब जनताको मतले अगाडि बढाउने या उनको यात्रा यही टुंगो लाग्ने भन्ने सबैले दिएको मतदानले पनि फरक पार्नेछ ।

एक पछि अर्को चरणमा पुग्दै गरेकी परिजिता शीर्ष १६ मा परेकी छिन भने आज बिहान ७ बजे सम्म प्राप्त गरेको मतबाट मंगलबार राति सम्म शीर्ष १३ मा पुग्ने वा नपुग्ने फैसला हुनेछ । उनले सुरुदेखि नै नेपाली पोशाक मै आफ्नो प्रस्तुति गर्दै आएकी छिन भने आज पनि चौथो पटक पनि उनले नेपाली पोशाक मै प्रस्तुति दिएकी छन् ।

परिजिताले भाबुक गीत छनौट गरि अद्वितीय प्रस्तुति गरेकी छन् । परिजिताको भाबुक गीतको प्रदर्शनले प्रशिक्षकहरूबाट उत्तिकै प्रशंसा पाएको छ ।

आज सुरु भएको प्रत्यक्ष प्रसारण जोन लिजेन्डको टोलीले सुरुवात गरेको छ । लिजेन्ड टोलीमा ओमार जोस कार्डोना, किम क्रुज र साशा हुर्टाडो सबैले आफ्नो शक्तिशाली प्रदर्शनका गरे र प्रशंसा पाए ।

तर पारिजिताले ए स्टार इज बोर्नको लेडी गागाको “आई विल नेवर लभ अगेन” को भावनात्मक प्रस्तुतिमा चारै प्रशिक्षकहरूबाट पहिलो स्ट्यान्डिङ ओभेशन(उभिएर जयजयकार) पाएकी थिइन्।

परिजिता बास्तोलाका प्रशिक्षक जोनले ‘त्यो भावनात्मक रूपमा सुन्दर प्रस्तुति र यसले सबैको हृदयमा तान्यो,’ भनि प्रशंसा गरे। ‘तपाईले हामी सबैलाई जादू गर्नुभयो र यो शानदार थियो।’ जोनले भने ।

परिजितालाई मत गर्ने तरिक़ाः

अमेरिका बाहिरबाट http://Nbc.com/voicevote मा गएर आफ्नो बिधुतिय डाक (ईमेल) प्रयोग गरी आफ्नो परिचय बनाएर (प्रोफाईल क्रियट) गरेर १० पटक सम्म मतदान गर्न सकिने छ भने अमेरिकाबाट App Store/ Play store मा ‘The Voice App’ डाउनलोड(अधोभारण) गरेर एउटा उपकरण (डिभाईस)बाट १० पटक सम्म भोट गर्न सकिन्छ।

प्रतिक्रिया

सम्बन्धित समाचार