मुख्य समाचार
अनुमतिबिना वस्तु विनिमय बजार सञ्चालन गरे कारबाही हुने | सत्ता समिकरणमा फेरबदल ल्याउने उद्देश्यले रवि लामिछानेलाई नागरिकताको मुद्दा हालियो: शंकर पोखरेल | अर्थमन्त्रालयद्वारा नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रमको कार्ययोजना तयार | नेप्सेले तोड्नै सकेन छ महिना अघिको उचाई, २१९६ मा कडा प्रतिरोध | गृह मन्त्रालयबारे गठबन्धनमा छलफल जारी, रास्वपालाई दिन माओवादीको आनाकानी | नर्सहरुलाई न्यूनतम पारिश्रमिक नदिने निजी अस्पताललाई कारबाही गर्छु : स्वास्थ्यमन्त्री गिरी | सुमन सायमीको आरोप : बालेन शाह पहिलेका शासक भन्दा पनि निरंकुश | नेपाली महिला राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा अनन्त थापा नियुक्त | रविलाई फेरि सभापति बनाउने रास्वपाको तयारी, केन्द्रीय समिति बैठक बोलाइयो | रवि लामिछानेले पुनः लिए नेपाली नागरिकता |

समाचार स्वास्थ्य ७ पौष २०७९
मध्यपुरको नेपाल कोरिया मैत्री अस्पतालमा डाइलासिस वार्ड तयार

ओमकार टाइम्स

 थिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री अस्पतालमा छिट्टै डाइलायसिस सेवा सुरू हुने भएको छ । अस्पतालमा चार वटा मेसिनसहित डाइलासिस वार्ड तयार गरिएको हो । यससँगै अस्पतालमा डाइलासिस मेसिनको संख्या ६ वटा पुगेको छ ।रोटरी क्लव अफ सांग्ली मिडटाउनको प्राविधिक सहयोग, रोटरी क्लव अफ जवलपुर वेष्टको आर्थिक सहयोग र रोटरी क्लव अफ मध्यपुर मार्फत अस्पताललाई ४ वटा डाइलायसिस मेसिन सहयोग प्राप्त भएको थियो ।

डाइलासिस वार्डको बिहीबार एक कार्यक्रमबीच मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठ र रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का पूर्व गर्भनर किरणलाल श्रेष्ठले संयुक्त उद्घाटन गरेका छन् ।

४ वटा डाइलायसिस मेसिनका लागि रोटरी क्लवले करिब ४१ लाख ७५ हजार रुपैयाँ सहयोग गरेको थियो । त्यस्तै मध्यपुर थिमि नगरपालिकाले करिब २० लाख रुपैयाँ आर्थिक योगदान दिएको रोटरी क्लव अफ मध्यपुरका पूर्वअध्यक्ष उषा प्रजापतिले जानकारी दिइन् ।

उक्त अवसरमा मेयर सुरेन्द्र श्रेष्ठ, रोटरी क्लव अफ मध्यपुरका संस्थापक अध्यक्ष सुरेन्द्रविक्रम प्रजापति, अस्पतालका निर्देशक डा. डीके रौशनलगायतले डाइलासिस सेवा सञ्चालनमा आएपछि नगरवासीहरूको स्वास्थ्य सेवामा थप सहज हुने धारणा राखे । उनीहरुले आगामी दिनमा पनि अस्पताल, नगरपालिका र क्लवबीच सुमधुर सम्बन्ध कायम गरी थप सहयोग आदानप्रदान गर्नुपर्ने उल्लेख गरेका छन् ।

अस्पतालका निर्देशक डा. रौशनले केही प्राविधिक समस्याको कारण डाइलासिस सेवा तत्काल सञ्चालन नहुने जानकारी दिए । उनका अनुसार आगामी साता डाइलासिस सेवा सुरु हुनेछ ।

यसअघि अस्पतालले २ वटा डाइलासिस मेसिन आईसीयूमा जडान गरेको थियो । आवश्यक परे ती दुईमध्ये एक मेसिनसमेत डाइलासिस वार्डमा ल्याइने निर्देशक डा. रौशनले बताए ।

प्रतिक्रिया