समाचार ४ असोज २०८०
शिक्षकको आन्दोलनले कोर एरियामा दिनभर ट्राफिक जाम

ओमकार टाइम्स

काठमाडौँ । शिक्षकहरूको आन्दोलनका कारण काठमाडौँ उपत्यकाको कोर एरियामा दिनभर सवारी जाम भएको छ । काठमाडौँको बानेश्वरदेखि माइतीघर तर्फ ओहोरदोहोर गर्ने सवारी साधनलाई ट्राफिक प्रहरीले रोकेको छ । त्यसको असर चक्रपथसम्म नै परेको छ ।

शिक्षकहरू बिहान साढे ९ बजेदेखि नै माइतीघरमा भेला हुन थालेका थिए । ११ बजेपछि आन्दोलनकारीको चापका कारण ट्राफिक प्रहरीले सो रुटमा चल्ने सवारीलाई रोक लगाएको थियो ।

माइतीघर हुँदै बानेश्वर र सिंहदरबार चोकतर्फ आवतजावत गर्ने सवारी साधनलाई दिनभर रोकेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्र प्रसाद भट्टले बताए । उनले भने, ‘थापाथली चोकबाट सवारी साधनलाई त्रिपुरेश्वरतर्फ डाइभर्सन गरिएको छ ।’





प्रतिक्रिया