अन्तर्राष्ट्रिय ४ मंसिर २०८०
माल्दिभ्सबाट ७७ भारतीय सैनिकलाई फिर्ता पठाउने प्रयास सुरु

एजेन्सी

माले । माल्दिभ्सका एक वरिष्ठ अधिकारीले आइतबार माल्दिभ्समा ७७ भारतीय सैनिक रहेको र माल्दिभ्सको नयाँ सरकारले भारतसँग १०० भन्दा बढी सम्झौताको समीक्षा गरिरहेको बताएका छन् ।

यो बयान त्यसबेला आएको हो जब एक दिन अघि माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले भारतलाई आफ्नो सेना फिर्ता गर्न औपचारिक रुपमा आग्रह गरेका थिए । पत्रकार सम्मेलनमा मालदिभ्सको राष्ट्रपति कार्यालयका सार्वजनिक नीतिका उपसचिव मोहम्मद फिरोजुल अब्दुल खलिलले नयाँ सरकारले देशमा ७७ भारतीय सेना रहेको पत्ता लगाएको जानकारी दिए।

माल्दिभ्सका मिडियाले फिरोजुललाई उद्धृत गर्दै हेलिकप्टरको व्यवस्थापनमा २४ भारतीय सैनिक, डोर्नियर विमानको व्यवस्थापनमा २५ भारतीय सैनिक, दोस्रो हेलिकप्टरको मर्मतसम्भार र इन्जिनियरिङका लागि २६ भारतीय सैनिक रहेको र थप दुई जना भारतीय सैनिक माल्दिभ्समा रहेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया