समाचार १५ फाल्गुन २०७९
आईसीसी लिग-२: प्रतिशलाई डेब्यू विकेट

ओमकार टाइम्स

जारी आईसीसी पुरुष विश्वकप क्रिकेट लिग-२ अन्तर्गत यूइईमा आजदेखि सुरू त्रिदेशीय एकदिवसीय शृंखलाको पहिलो खेलमा पपुवा न्यूगिनी (पीएनजी) विरुद्ध प्रतिश जिसीले डेब्यू विकेट लिएका छन् ।दुबई अन्तर्राष्ट्रिय रंगशालामा टस जितेर पहिला फिल्डिङ रोजेको नेपालका लागि प्रतिशले ३३.३ ओभरमा पीएनजीका हिरीरिहीलाई दीपेन्द्रसिंह ऐरीबाट क्याच आउट गराउँदै उनले डेब्यू विकेट लिएका हुन् ।

नेपालको बलिङमा गुलसन झाले तीन विकेट लिएका छन् भन्, कुशल मल्ल, सोमपाल कामी ले एक-एक विकेट लिएका छन् । पीएनजीले ४१ औं ओभरको समाप्तिमा ६ विकेट गुमाएर १४४ रन बनाएको छ । क्रिजमा चाड सोपर र रिले हिकुरे छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार