भारतको सिक्किममा गएको हिमपहिरोमा परेर तीन नेपालीसहित सात जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार जना भारतीय नागरिक छन् । पहिरोमा परेर तीन नेपालीसहित १३ जना घाइते भएका र उनीहरूको उपचार भइरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । >
मृत्यु हुनेमा चितवनका शिवप्रसाद लामिछाने र आशिका ढकाल तथा रुपन्देहीकी मुना शाह श्रेष्ठ रहेका छन् । मृत्यु हुने चार भारतीयहरू युपी र बंगालका छन् ।साथै नेपालका रमेश खनाल, ज्योति गुरुङ र गीता सापकोटा घाइते भएका छन् । उनीहरू सबै घुमघामका लागि त्यहाँ पुगेका बताइएको छ । >
मृतकको शव सम्बन्धित स्थानमा पुर्याउने व्यवस्था मिलाइने सिक्किम गंगटोकको जिल्ला कलेक्टर तुषार निखारेले जानकारी दिएका छन् । >