काठमाडौँ । काठमाडौँ र चितवनले दोस्रो बागमती प्रदेश खेलकुद प्रतियोगितामा बिहीबार भलिबलतर्फ स्वर्ण पदक जितेका छन् । हेटौंडास्थित हुप्राचौर खेलमैदानमा सम्पन्न प्रतियोगितामा काठमाडौँले महिलातर्फ र चितवनले पुरुषतर्फ स्वर्ण पदक जितेका हुन् ।>
काठमाडौँले फाइनलमा दोलखालाई २५–५, २५–६ र २५–१२ अंकले हरायो । चितवनले भने फाइनलमा धादिङमाथि २५–१७, २२–२५, २८–२६ र २५–१८ अंकको जित निकाल्दै पुरुषतर्फ स्वर्ण पदक हात पा¥यो ।>
तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धा भने बेस्ट अफ थ्रीमा भएको थियो । तेस्रो स्थानका लागि भएको खेलमा पुरुषतर्फ काठमाडौँले सिन्धुलीलाई २–१ सेटले र महिलातर्फ चितवनले धादिङलाई २–० ले हराउँदै कांस्य पदक प्राप्त गरे ।>
प्रतियोगितामा पुरुषतर्फm चितवनका नवीन महतो र महिलामा काठमाडौँकी सलिना बुढामगर उत्कृष्ट खेलाडी घोषित भए । पुरुषमा चितवनका रमेशचन्द्र विक उत्कृष्ट प्रशिक्षक चयन भए ।>
विधागत उत्कृष्टअन्तर्गत स्पाइकरमा मनोज श्रेष्ठ, सेटरमा चितवनका मञ्जिल गुरुङ, ब्लकरमा चितवनकै सुरेश महतो, लिबेरोमा चितवनका समीर थापा र सर्भरमा धादिङका अमन आले उत्कृष्ट घोषित भए ।>
महिलामा भने काठमाडौंका कुमार राई उत्कृष्ट प्रशिक्षक चयन भए । महिलाको विधागत उत्कृष्टअन्तर्गत स्पाइकरमा चितवनकी आरती सुबेदी, सेटरमा काठमाडौंका भावना तामाङ, ब्लकरमा काठमाडौँकी सुमित्रा रेग्मी, लिबेरोमा काठमाडौँकी एन्जिला प्रधान र सर्भरमा काठमाडौँकी निसा महर उत्कृष्ट भए । विजेता खेलाडीलाई प्रदेश खेलकुद विकास परिषद् बागमतीका सदस्यसचिव सूर्यलाल भण्डारीले पुरस्कृत गरे ।>
>
>>