आइतबार सर्वोच्च अदालतमा ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा ल्याएर भ्रष्टाचार गरेको विवाद सम्बन्धी तीन थान मुद्दा पेसी तोकिएको छ । वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दायर गरेका निवेदनहरू माथि आज सुनुवाइका लागि न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा पेसी तोकिएको हो ।>
ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा ल्याएर भ्रष्टाचार गरेको प्रकरणमा पूर्वप्रधानमन्त्रीहरू माधव नेपाल र बाबुराम भट्टराईसहितमाथि मुद्दा चलाउन माग गर्दै रिट दायर गरिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईलाई प्रतिवादी नबनाइ विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि वरिष्ठ अधिवक्ता न्यौपानेले सर्वोच्चमा रिट दायर गरेका थिए ।>
दुई पूर्वप्रधानमन्त्रीहरुले नीतिगत निर्णयमात्र गरेको भन्दै अख्तियारले मुद्दा नचलाउने निर्णय गरेको थियो । अदालतमा पेस गरेको अभियोग–पत्रमा पनि सरकार प्रमुखले गरेका नीतिगत निर्णयमा मुद्दा चलाउन सक्ने अधिकार नभएको अख्तियारले उल्लेख गरेको थियो ।>
उक्त ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा ल्याउने निर्णय तत्कालीन प्रधानमन्त्रीहरूकै नेतृत्वमा भएको पनि रिटमा दाबी गरिएको छ।>>