समाचार १० वैशाख २०८०
उपनिर्वाचन : बारा -२ मा बिहान १० बजेसम्म १५ प्रतिशत मत खस्यो

ओमकार टाइम्स

काठमाडौँ । बारा -२ मा भइरहेको उपनिर्वाचनमा बिहान १० बजेसम्म १५ प्रतिशत मत खसेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी होबिन्द्र बोगटीका अनुसार शान्तिपूर्ण भइरहेको निर्वाचनमा बिहान १० बजेसम्म १५ प्रतिशत मत खसेको हो । 

उपनिर्वाचनमा गठबन्धनका साझा उम्मेदवार जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेबाट पुरुषोत्तम पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल, जनमत पार्टीबाट शिवचन्द्र प्रसाद कुशवाह लगायत १० दलका नेताले उम्मेदवारी दिएका छन्  । त्यसैगरी स्वतन्त्रबाट २४ जनाले उम्मेदवारी दिएका छन् । 

निर्वाचनमा प्रहरी, सेना र सशस्त्र प्रहरी गरी तीन हजारको सङ्ख्यामा सुरक्षाकर्मी खटिएको जानकारी एसपी बोगटीले दिए । उनले भने,‘ चुनाव शान्तिपूर्ण रूपमा भएको छ । बुथ कब्जा भएको छैन । मतदान गर्न आउनेलाई सजिलै मतदान गर्न दिने वातावरण बनाइएको छ।





प्रतिक्रिया