अर्थतन्त्र ९ माघ २०७९
डलरको भाउ स्थिर रहँदा बढ्यो युरो र पाउण्ड, आज कुन मुद्रा कतिमा हुँदैछ किनबेच?

ओमकार टाइम्स

सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ। 

आइतबार एकको खरिददर १२९ रुपैयाँ ५० पैसा र बिक्रीदर १३० रुपैयाँ १० पैसामा कारोबार भएको अमेरिकी डलर आज पनि सोही भाउमा किनबेच भएको छ।

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विनिमय दर अनुसार युरोपियन युरोको एकको खरिददर १४० रुपैयाँ ६० पैसा र बिक्रीदर १४१ रुपैयाँ २५ पैसा तोकिएको छ। 

आइतबार युरो एकको खरिदमा भने १४० रुपैयाँ २६ पैसा र बिक्रीमा १४० रुपैयाँ ९१ पैसा कायम गरिएको थियो। आइतबारको तुलनामा आज युरो ३४ पैसा बढेको हो।

त्यस्तै, आज पाउण्ड स्टर्लिङ एकको खरिदमा भने १६० रुपैयाँ ५३ पैसा र बिक्रीमा १६१ रुपैयाँ २८ पैसा पाइन्छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ९० रुपैयाँ २२ पैसा र बिक्रीमा ९० रुपैयाँ ६४ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ७८ पैसा र बिक्रीमा ९७ रुपैयाँ २३ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ३५ पैसा र बिक्रीमा ३५ रुपैयाँ ५२ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३४ रुपैयाँ ६४ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ २६ पैसा र बिक्रीमा ३५ रुपैयाँ ४२ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा सोमबार ३० रुपैयाँ २२ पैसा र बिक्रीमा ३० रुपैयाँ ३६ पैसा पाइन्छ।

सोमबार कुवेती दिनार एकको खरिदमा ४२४ रुपैयाँ २४ पैसा र बिक्रीमा ४२६ रुपैयाँ २१ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४३ रुपैयाँ ५० पैसा र बिक्रीदर ३४५ रुपैयाँ ९ पैसा तोकिएको छ।

प्रतिक्रिया