मुख्य समाचार
हल्दिबारीका विपन्न नागरिकलाई एम्बुलेन्स सेवा निःशुल्क | प्रधानमन्त्रीको चीन भ्रमणमा सहभागी हुने इप्पान प्रतिनिधि मण्डल चीन प्रस्थान | गणतान्त्रिक योध्दा खेमराज भट्ट मायालुको निधन | जङ्गली जनावरको आक्रमणबाट दुई महिनामा चार जनाको मृत्यु | बाँकेको जयेन्दु बाल सुधार गृहमा झडप, १ जनाको मृत्यु, १० जना घाइते | आन्दोलनरत शिक्षक र सरकारबीच वार्ताको तयारी | शिक्षकहरूले अघि सारेको यी माग : जो सम्बोधन गर्न संविधानै संशोधन गर्नुपर्छ | मलङ्गवामा दुई समुदायबीच फेरि झडप, निषेधाज्ञा जारी | हेलो सरकारमा तेब्बरले बढे गुनासा, ५९ प्रतिशत सम्बोधन | किर्ते कागजमा सयभन्दा बढी जापान पुगेको खुलासा |

अर्थतन्त्र २७ श्रावण २०८०
ग्लोबल आइएमई बैंक सबैभन्दा धेरै कर तिर्ने वाणिज्य बैंक

ओमकार टाइम्स

काठमाडौँ । ग्लोबल आइएमई बैंक सबैभन्दा धेरै कर तिर्ने वाणिज्य बैंक बनेको छ । आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्म दाखिला भएको करको आधारमा ग्लोबल आइएमई बैंक पहिलो नम्बरमा परेको हो ।

अर्थ मन्त्रालयको स्रोतअनुसार ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षमा पाँच अर्ब ४३ करोड रूपैयाँ कर दाखिला गरेको छ । यो कर बैंकले वर्षभरी विभिन्न शीर्षकमा तिरेको सबै करको योग हो । ग्लोबल आइएमई बैंकले गएको आवमा सात अर्ब २५ करोड रूपैयाँ खुद नाफा गरेको छ ।

यो नाफा अघिल्लो वर्षको तुलनामा ४६.२६ प्रतिशतले बढी हो । बैंकले अघिल्लो आव २०७८/७९ मा तीन अर्ब १७ करोड रुपैयाँ कर दाखिला गरेको थियो । २१ वटा बैक तथा वित्तीय संस्थाहरु मिलेर बनेको ग्लोबल आइएमई बैंक चुक्ता पूँजीको आधारमा मुलुककै सबैभन्दा ठूलो बैंक हो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल बैंकको सञ्चालक समितिको अध्यक्ष छन् । यस्तै, कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा रत्नराज बज्रचार्य छन् ।
 
प्रतिक्रिया

सम्बन्धित समाचार