मुख्य समाचार
भेरी नदीमा बेपत्ता थारुको खोजीका लागि गोताखोर परिचालन | अन्न उत्पादन घटेपछि म्याग्दीका किसान फलफूल खेतीमा | बिपीको सालिकमा माल्यार्पण गरेर गगनको दोस्रो चरणको संवाद यात्रा सुरु | बजेट अभावमा नगर अस्पतालको काम रोकियो | बराहक्षेत्रमा कुम्भमेला : तीस लाख पर्यटक भित्र्याउने लक्ष्य | मकवानपुर देखि बर्दियासम्म प्रशिक्षणका लागि कमल थापा जिल्ला भ्रमणमा | बागलुङका चार हजार चार सय विद्यार्थी एसईईमा सहभागी | आजको मौसम : पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना | आजको राशिफल : २०८० साल १५ गते बिहीबार | एकीकृत समाजवादीले इलाममा राई र बझाङमा सिंह उठाउने |

समाचार राष्ट्रिय समाचार १२ कार्तिक २०७९
नारायणी नदीमा सञ्चालन हुन थाले मोटरबोट

रासस

वर्षा सकिएपछि नारायणी नदीमा मोटरबोट सञ्चालन हुन थालेको छ । बर्खायाममा पानीको बहाव बढेपछि रोकिएका मोटरबोट चाडपर्वसँगै सञ्चालन हुन थालेका हुन् । असार, साउन र भदौ महिनामा उक्त नदीमा बाढी आउने भएकाले तीन महिना मोटरबोट बन्द हुन्छ । पछिल्लो समय नारायणी नदीमा मोटरबोट चढेर मनोरन्जन लिने आन्तरिक पर्यटकहरुको भीड नै लाग्न थालेको छ । 

यसवर्ष ढिला सुरु भएको र मनसुनका कारण नदीमा दसैँसम्म बाढी आएकाले मोटरबोट सञ्चालनमा ढिलाइ भएको नारायणी मोटरबोट व्यवसायी संघका अध्यक्ष अशेष मल्लले बताए । उनले अब जेठसम्म नियमित मोटरबोट सञ्चालन हुने र बिदाको दिन मोटरबोट चढ्न आउनेको सख्या उल्लेख्य हुने गरेको जानकारी दिए । 

विसं २०७६ मा एउटा बाट सुरु भएको मोटरबोट  अहिले साना ठूला गरी २० वटा सञ्चालनमा रहेका छन् । मोटरबोट कम्पनीले अहिले दुई ठाउँबाट सेवा दिइरहेका छन् । नारायणीको पुलदेखी मजुवा टापु पोखरा बसपार्कसम्म छोटो दूरी  र मजुवा टापु पोखरा बसपार्कदेखि गैडाकोटको राधाकृष्ण मन्दिरसम्म लामो दूरी तोकिएको छ । एकपटकमा ठूला मोटरबोटमा १८ देखि २५ जनासम्म यात्रु अटाउँछन् । यस्तै साना मोटरबोटमा छदेखि १२ जनासम्म यात्रु चढाउने गरिन्छ । छोटो दूरीमा प्रतिव्यक्ति रु २५० र  लामो दूरीमा प्रतिव्यक्ति रु ५०० तोकिएको छ । त्यहाँबाट उठेको रकमको  २० प्रतिशत कर भरतपुर महानगरपालिकाले लिने गरेको छ ।

नारायणीमा ४० एचपीको इन्जिनदेखि दुईसय एचपीको इन्जिनसम्मका बोट रहेको अध्यक्ष मल्लले जानकारी दिए । उनले दैनिक चारसयदेखि पाँचसय जनाले नारायणीमा मोटरबोट चढ्ने गरेको बताउनुभयो । बिदाको दिनमा भने एक हजार जनासम्मले मोटरबोट चढ्ने गरेको पाइन्छ ।

नदी किनारमा घुम्न आउने अधिकाश आन्तरिक पर्यटकहरु यहाँ जल बिहार गर्न रुचाउँछन् । यो यात्रामा यात्रुले नगरवन, गैंडाकोट, रिभरक्विन टापु, मौला कालिका मन्दिर, हिमशृङ्खलालगायतको दृश्यावलोकन गर्न पाउँछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार