नेपाल टी-२० लिगमा लुम्बिनी अलस्टार्सले लगातार तेस्रो खेलमा जित निकालेको छ।>
मंगलबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा दक्षिण अफ्रिकन क्रिकेटर स्याड्ली भान स्कालवेकले अन्तिम बलमा छक्का हिर्काएपछि लुम्बिनीले पोखरा एभेन्जर्सलाई ३ विकेटले हरायो।>
पोखराले दएको १३४ रनको लक्ष्य लुम्बिनीले अन्तिम बलमा ७ विकेट गुमाएर पार गर्यो।>
अन्तिम ओभरमा लुम्बिनीलाई जितका लागि ८ रन चाहिएको थियो। पोखराका प्रतिश जिसीले पहिलो बलमा लुम्बिनीका अनिल साहलाई आउट गरे।>
पाँचौ बलसम्ममा लुम्बिनीले तीन रन मात्र जोड्न सक्यो। जसका कारण लुम्बिनीलाई अन्तिम बलमा जितका लागि ५ रन चाहिएको थियो। जसमा स्याड्लीले अन्तिम बलमा छक्का प्रहार गर्दै लुम्बिनीलाई रोमान्चक जित दिलाए।>
स्याड्लीले ११ बलमा ४ छक्का हिर्काउँदै नटआउट ३१ रन जोडे। त्यसअघि कुशल भुर्तेलले ३९ रनको योगदान गरे।बलिङमा पोखराका विपिन खत्री र कुशल मल्लले २-२ विकेट लिए।>
त्यसअघि टस हारेर पहिलेब्याटिङ गरेको पोखराले ९ विकेटको क्षतिमा १३३ रन जोड्यो।>
पोखराका लगि कुशल मल्लले ६१ रन र उपुल थारांगाले ४२ रन जोडे।>
बलिङमा लुम्बिनीका स्याड्लीले ३ विकेट लिँदा किशोर महतो र गुल्शन झाले २-२ विकेट हात पारे।>
जारी लिगमा लुम्बिनी ६ अंक जोड्दै शीर्ष स्थानमा छ। पोखरा भने तीनै खेलमा पराजय भोग्दै पुछारमा छ।>>