मुख्य समाचार
भेरी नदीमा बेपत्ता थारुको खोजीका लागि गोताखोर परिचालन | अन्न उत्पादन घटेपछि म्याग्दीका किसान फलफूल खेतीमा | बिपीको सालिकमा माल्यार्पण गरेर गगनको दोस्रो चरणको संवाद यात्रा सुरु | बजेट अभावमा नगर अस्पतालको काम रोकियो | बराहक्षेत्रमा कुम्भमेला : तीस लाख पर्यटक भित्र्याउने लक्ष्य | मकवानपुर देखि बर्दियासम्म प्रशिक्षणका लागि कमल थापा जिल्ला भ्रमणमा | बागलुङका चार हजार चार सय विद्यार्थी एसईईमा सहभागी | आजको मौसम : पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना | आजको राशिफल : २०८० साल १५ गते बिहीबार | एकीकृत समाजवादीले इलाममा राई र बझाङमा सिंह उठाउने |
मुख्य समाचार
भेरी नदीमा बेपत्ता थारुको खोजीका लागि गोताखोर परिचालन | अन्न उत्पादन घटेपछि म्याग्दीका किसान फलफूल खेतीमा | बिपीको सालिकमा माल्यार्पण गरेर गगनको दोस्रो चरणको संवाद यात्रा सुरु | बजेट अभावमा नगर अस्पतालको काम रोकियो | बराहक्षेत्रमा कुम्भमेला : तीस लाख पर्यटक भित्र्याउने लक्ष्य | मकवानपुर देखि बर्दियासम्म प्रशिक्षणका लागि कमल थापा जिल्ला भ्रमणमा | बागलुङका चार हजार चार सय विद्यार्थी एसईईमा सहभागी | आजको मौसम : पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना | आजको राशिफल : २०८० साल १५ गते बिहीबार | एकीकृत समाजवादीले इलाममा राई र बझाङमा सिंह उठाउने |

राशिफल ३ चैत्र २०७९
आजको राशिफल : २०७९ साल चैत ३ गते शुक्रबार

ओमकार टाइम्स

आज २०७९ चैत ३ गते, शुक्रवार, १७ मार्च २०२३। चैत्र कृष्णपक्ष दशमी तिथि, १०ः५२ बजेपछि एकादशी। उत्तराषाढा नक्षत्र। चन्द्रराशि– धनु, ७ः२३ बजेपछि मकर।

मेष - ARIES

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

तारिफयोग्य कामले चर्चामा ल्याउन सक्छ। प्रतिष्ठित व्यक्तिहरूको सहयोगले लक्ष्य प्राप्ति हुनेछ। पुरानो मित्रताले प्रेमकाे मार्ग अवलम्बन गर्न सक्छ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने मौका छ। सोखले थालिएको काम व्यवसायमा रूपान्तरित हुनेछ। मेहनतीहरूलाई कार्यसिद्धिको समय छ। कर्मयोगले नाम र दाम दिलाउनेछ।

वृष - TAURUS

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

अरूका काममा श्रम तथा बुद्धि खर्चनुपर्ला। बाध्यताले अलमल बढाउन सक्छ। सानातिना काममै अल्झनुपर्ने देखिन्छ। पहिलेका समस्या पनि दोहोरिन सक्छन्। आशा देखाउनेहरूको भरपर्दा धोका धाेका हुनेछ। तापनि प्रयत्न गर्दा चुनौती पन्छाएर लाभ उठाउन सकिनेछ। सेवामूलक कामबाट प्रतिष्ठा मिल्ने समय छ। नयाँ काम थाल्न भने केही समय लाग्नेछ।

मिथुन - GEMINI

का, कि, कु, घ, ङ, छ, के, को, ह

परिबन्धले समस्या निम्त्याउन सक्छ। गोपनीयता बाहिरिनाले समस्या पर्नेछ। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला। व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। गोप्य सूचना बाहिरिनाले काममा बाधा पर्न सक्छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कममात्र भेटिनेछन्।

कर्कट - CANCER

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। कामको चापबाट फुर्सद पाइनेछ। व्यवसायले मनग्गे आम्दानी दिलाउनेछ। विभिन्न सहयोग र उपहार हातलागी हुनेछ। परिवारजनको साथले नयाँ आशा जगाउनेछ। रमाइलो यात्रा गर्ने साइत जुर्नेछ। अतिथिका रूपमा मानसम्मान प्राप्त होला। टाढिएका साथीभाइसँग भेटघाट हुनेछ।

सिंह - LEO

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन्। चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ। शत्रुहरू स्वत: किनारा लाग्नेछन् र प्रतिस्पर्धामा विजयी भइनेछ। स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ। द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। व्यापारलगायत दिगो काम शुभारम्भ गर्ने समय छ।

कन्या - VIRGO

टो, प, पि, पु, ष, ण, ठ, पे, पो

अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ। अप्रिय समाचारले खिन्नता बढ्न सक्छ। अध्ययन र व्यापारमा पछि परिने समय छ। नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुहोला। बलजफ्तीले केही चुनौती पनि निम्त्याउन सक्छ। आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन्। पहिलेका कमजोरी र अप्ठ्यारा परिस्थिति सुल्झाउन केही समय लाग्न सक्छ।

तुला - LIBRA

र, रि, रु, रे, रो, ता, ति, तु, ते

परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ। आश्वासन दिनेहरूले झुक्याउन सक्छन्। हल्लाको विश्वास गर्दा धोका पाइनेछ। कृषि, पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त बन्नुपर्ला। आफ्नै सहयोगीहरूले साथ दिन छाड्नेछन् र प्रगतिमा ईर्ष्या गर्नेहरूले दु:ख दिनेछन्। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। कामको प्रतिफल हातलागी नहुन सक्छ।

वृश्चिक - SCORPIO

तो, ना, नि, नु, ने, नो, या, यि, यु

नयाँ काम प्रारम्भ गर्ने समय छ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिनेछ। लगानी गर्दा व्यवसायमा मनग्य धनलाभ हुनेछ। आलस्य त्यागेर मिहिनेत गर्दा फाइदा उठाउन सकिनेछ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ। प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्।

धनु - SAGITTARIUS

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन्। आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। हातमा आएको रकम अरूका लागि खर्चनुपर्ला। खर्च बढ्नाले अर्थ अभाव हुनेछ। अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ। गोपनीयतामा ध्यान पुर्याउँदै शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला।

मकर - CAPRICORN

भो, ज, जि, खि, खु, खे, खो, गा, गि

अवसर प्राप्त भए पनि आत्मविश्वासको कमीले पछि परिनेछ। भेटघाटमा अलमलिनाले आँटेका काममा बाधा हुनेछ। तापनि मिहिनेत गर्दा पछिका लागि फाइदा लिन सकिनेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। परिवेश उल्लासमय रहे पनि जीवनशैली व्यस्त रहनेछ। मिहिनेतले नाम र दाम दिलाउनेछ। बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ।

कुम्भ - AQUARIUS

गु, गे, गो, सा, सि, सु, से, सो, द

खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्ने समय छ। तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान होला। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। आशा देखाउनेहरूको भरपर्दा धोका पाइएला। खर्च हुने डरले सताउन सक्छ। अर्थ अभावले पनि काममा बाधा पुग्नेछ। गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला। आजको मिहिनेतले भविष्यमा फाइदा दिलाउनेछ।

मीन - PISCES

दि, दु, थ, झ, ञ, दे, दो, च, चि

आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन्। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य प्राप्त हुनेछ। व्यापारमा राम्रै फड्को मार्ने समय छ। छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ। रोकिएको काम बन्नेछ भने नयाँ जिम्मेवारी समेत बढ्नेछ। दिगो काम प्रारम्भ हुनेछ। तर आवश्यकता पूरा गर्न सरसापट लिनुपर्ने हुन सक्छ।

प्रतिक्रिया