राजनीति १२ चैत्र २०८१
लोकतन्त्र र गणतन्त्रका विषयमा नकारात्मक भाष्य निर्माण गर्ने कोसिस : गृहमन्त्री लेखक

ओमकार टाइम्स

लोकतन्त्र र गणतन्त्रको राजमार्गमा हिँडिसकेको नेपाली समाज पछि फर्कन नसक्ने गृहमन्त्री रमेश लेखकले बताएका छन् ।आज बुधबार भक्तपुरमा जुद्ध वारुण यन्त्र कार्यालय भक्तपुरको नवनिर्मित भवन उद्घाटन गर्दै  गृहमन्त्री लेखकले लोकतन्त्रको कुनै विकल्प नरहेको बताएका हुन् । 

गृहमन्त्री लेखकले लोकतन्त्र र गणतन्त्रका विषयमा नकारात्मक भाष्य निर्माण गर्ने कोसिस भइरहेको धारणा राख्दै लोकतन्त्र र गणतन्त्रमा सरकारले जनताको कुरा सुन्ने र बुझ्ने बताएका छन् । 

गृहमन्त्री लेखकले आफ्ना कमीकमजोरी सुधारेर जाने क्षमता लोकतन्त्रमा हुने उल्लेख गर्दै उनले कुनै तानाशाही व्यवस्था आएर राम्रो हुन्छ भन्ने भ्रममा नपर्न आग्रह समेत गरेका छन् । 

प्रतिक्रिया