अनन्त राज थापा नेपाली राष्ट्रिय महिला फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।आइतबार अखिल नेपाल फुटबल संघ(एन्फा) ले थापालाई नेपालले आगामी फेब्रुअरी १३ देखि २५ सम्ममा भारतसँग खेल्ने मैत्रीपूर्ण खेलका लागि मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।
थापा घरेलु फुटबलमा नेपाल पुलिस क्लबको प्रशिक्षण सम्हाल्ने गरेका छन् । भारतसँगको मैत्रीपूर्ण खेलका लागि सहायक प्रशिक्षकमा गंगा गुरूङ,गोलकिपिङ प्रशिक्षकमा शुरज कुमार लामा नियुक्त भएका छन् ।