मुख्य समाचार
शिक्षकको आन्दोलनले कोर एरियामा दिनभर ट्राफिक जाम | महिला क्रिकेट : भारत र पाकिस्तान एसियाली खेलकुदको सेमिफाइनलमा | शिक्षकहरुसँग वार्ता गर्ने जिम्मा उपप्रधानमन्त्री श्रेष्ठलाई | शिक्षकका माग पुरा गर्न दबाब दिँदै एमालेले बुझायो सरकारलाई ज्ञापनपत्र | सरकारले भन्यो–शिक्षकसँग गरेका सहमतिबाट पछि हट्दैनौँ | विद्यार्थीलाई पढ्न पाउने अधिकारबाट वञ्चित नगर्न महानगरको आग्रह | इन्डो–प्यासिफिक सैन्य प्रमुख सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति | ‘जनमुक्ति सेनाबाट नेपाली सेना बनेका अधिकारीको पदावधि सैनिक नियमावलीअनुसार थप’ | इन्डो–प्यासिफिक सैन्य प्रमुख सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति | विद्यार्थीलाई पढ्न पाउने अधिकारबाट वञ्चित नगर्न महानगरको आग्रह |

स्वास्थ्य १२ श्रावण २०८०
६० वर्षको उमेरमा ३० झैँ देखिन चाहनुहुन्छ ? दिनहुँ खानुहोस् यो चिज

एजेन्सी

ड्राईफ्रुट्सको सेवन स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । त्यसै गरी मखाना पनि स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । यसको सेवनले स्वास्थ्यमा धेरै फाइदा हुन्छ । रक्तअल्पता हटाउन, शरीरलाई बलियो बनाउनुका साथै मखाना छालाका लागि पनि निकै फाइदाजनक हुन्छ । यसमा धेरै पोषक तत्त्व र एन्टिअक्सिडेन्ट पाइन्छन् । आज हामी तपाईंलाई मखानाका फाइदाहरू बताउनेछौँ ।

१. छालालाई स्वस्थ राख्छ

 हेल्थलाइनमा प्रकाशित समाचार अनुसार मखानामा धेरै पोषक तत्त्व र एन्टिअक्सिडेन्ट पाइन्छन् । यसमा धेरै अमिनो एसिड पनि छन् ।  यी तत्त्व एन्टी–एजिङ गुणका लागि परिचित छ । यसमा ग्लुटामाइन, सिस्टीन, आर्गिनिन र मेथियोनिन पनि पाइन्छन् । यी छालाका लागि निकै फाइदाजनक हुन्छन् । दैनिक मखाना खाँदा छाला स्वस्थ रहन्छ । यसले फ्री रेडिकललाई हटाएर छालालाई चम्किलो राख्छ । यसको प्रयोगले अनुहारको दाग हट्छ । मखानामा पाइने ग्लुटामिन कोलाजेनमा पाइने अमिनो एसिड प्रोलाइन उत्पादन गर्न प्रयोग गरिन्छ । यसले छालालाई जवान राख्नमा महत्त्वपूर्ण भूमिका खेल्छ ।

२. मुटुलाई स्वस्थ राख्छ

मखाना मुटुका लागि निकै फाइदाजनक हुन्छ । मखानामा धेरै एन्टिअक्सिडेन्ट गुण पाइन्छन् । जुन मुटुको स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । यसको नियमित सेवनले रक्तचाप पनि नियन्त्रण गर्न सकिन्छ ।

३. मधुमेह नियन्त्रण 

 दैनिक खाली पेट मखाना खाँदा मधुमेह नियन्त्रणमा रहन्छ । मधुमेहका बिरामीका लागि मखाना राम्रो खाना मानिन्छ ।

४. तौल घटाउन सहयोगी 

 मखानाको दैनिक सेवनले तौल नियन्त्रण गर्छ । यदि तपाईं पनि तौल घटाउन चाहनुहुन्छ भने दैनिक खाली पेटमा मखाना खानुहोस् । यसमा पाइने तत्त्व तौल घटाउनका लागि फाइदाजनक हुन्छ । यसको सेवनले दिनभरको भोक कम हुन्छ र शरीरमा पोषक तत्त्वको कमी पनि हुन दिँदैन । 

५. पाचन प्रणालीलाई बलियो बनाउँछ 

 मखानामा फाइबर, क्याल्सियम, आइरन फस्फोरस लगायत धेरै पोषक तत्त्वहरू पाइन्छ । यसमा प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट र एन्टी इन्फ्लेमेटरी गुण हुन्छ ।  यसले पाचन प्रणाली सुधार गर्न र शरीर बलियो बनाउन मद्दत गर्छ । 

प्रतिक्रिया