मुख्य समाचार
आजको राशिफल : २०८० साल चैत १६ गते शुक्रबार | भेरी नदीमा बेपत्ता थारुको खोजीका लागि गोताखोर परिचालन | अन्न उत्पादन घटेपछि म्याग्दीका किसान फलफूल खेतीमा | बिपीको सालिकमा माल्यार्पण गरेर गगनको दोस्रो चरणको संवाद यात्रा सुरु | बजेट अभावमा नगर अस्पतालको काम रोकियो | बराहक्षेत्रमा कुम्भमेला : तीस लाख पर्यटक भित्र्याउने लक्ष्य | मकवानपुर देखि बर्दियासम्म प्रशिक्षणका लागि कमल थापा जिल्ला भ्रमणमा | बागलुङका चार हजार चार सय विद्यार्थी एसईईमा सहभागी | आजको मौसम : पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना | आजको राशिफल : २०८० साल १५ गते बिहीबार |

राजनीति २४ मंसिर २०७९
माधव नेपालकाे निष्कर्ष- जनतालाई पूरा गर्न नसकिने आश्वासन हाेइन, सक्दाे काेसिस गर्छु भन्नुपर्ने रहेछ

ओमकार टाइम्स

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले जनतालाई पुरा हुन नसक्ने आश्वासनहरु दिँदा गाह्रो हुने बताएका छन् । आज भक्तपुरबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसदहरुलाई बधाई दिँदै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।उनले विगतमा जनतालाई पुरा हुन नसक्ने आश्वासनहरु दिएको बताउँदै अब आश्वासन दिँदा पनि गाह्रो हुने बताए ।

उनले भने,‘अब यो आश्वासन दिँदा पनि गाह्रो हुदो रहेछ । तर हाम्रो बानी के छ भने धेरै आश्वासन दिने धेरै कुराहरु गर्ने त्यहाँ ठाउँ राख्नुपर्नै रहेछ । म सक्दो कोशिस गर्छु भनेर भन्नुपर्दो रहेछ किनभने मान्छेले सबै कुरा पुरा गर्न सक्दैन । जनताको आकंक्षा असिमित हुन्छ । आंकक्षाहरु पुरा गर्न सकिँदैन र तर गर्नेपर्ने आवश्यकताहरुमा पुरा गर्न कोसिस गर्नुपर्छ ।’

यस्तै उनले चुनावमा पराजित भएका नेताहरुलाई जनतालाई मन नपराएको संज्ञा दिएका छन्।नेपालले भने,‘जनताले मन पराएका छ्रैनन् भने फकाउन पनि सक्नुपर्छ । जनतलाई मिलाउन सक्नुपर्छ । जनतालाई साथमा लिने फकाउने जनताको समस्या साथमा लिने हो भने जनतलाई पुग्यो । जनताको माग पनि त्यस्तो असम्भव भन्ने छैन । ’

फरक प्रसंगमा बोल्दै अध्यक्ष नेपालले नेपालको अर्थतन्त्र संकटबाट गुज्रिने अवस्थामा पुगेको भन्दै चिन्ता व्यक्त गरे ।

‘नेपालको अर्थतन्त्र पनि अष्ट्रेलियाकै जस्तो अवस्थाबाट गुज्रिन्छ कि भनेर देखिदैछ । त्यही भएर देशको अर्थतन्त्रलाई कसरी सुधार्ने भनेर समीक्षा गर्न जरुरी छ । समस्यालाई सुधार्नपर्छ । सुधार्न मुल राजनीतिक पार्टीले ध्यान दिएन भने खतराको घण्टी बज्ला ।’उनले भने ।

प्रतिक्रिया