मुख्य समाचार
प्रभु बैंकमा अर्बौं घोटाला भएको आरोपमा सीईओ अशोक शेरचनविरुद्ध सीआईबीमा उजुरी | गेस्ट हाउसमा एक युवती मृत अवस्थामा फेला | दक्षिण कोरियाको जङ्गलमा सुख्खा मौसम र हुरीका कारण भीषण आगलागी, २४ जनाको मृत्यु | लोकेश बमको उत्कृष्ट ब्याटिङमा कोशीलाई हराएपछि एपिएफ फाइनल खेल्ने होडमै | यस्ताे छ आजकाे सेयर बजार परिसूचक(नेप्से) | बुधबार सेयर बजार (नेप्से) ४० दशमलब ४७ अंक बू4789+965232 | बुधबार सेयर बजार (नेप्से) ४० दशमलब ४७ अंक बू4789+96523232120 | साफकाे महासचिवमा पुरुषोत्तम कट्टेल नियुक्त | वेस्ट बैङ्कमा नयाँ बस्ती बसाल्ने इजरायली निर्णयप्रति बेलायतकाे विरोध | लोकतन्त्र र गणतन्त्रका विषयमा नकारात्मक भाष्य निर्माण गर्ने कोसिस : गृहमन्त्री लेखक |

समाचार ८ माघ २०८०
आयोग उपाध्यक्ष र इयू राजदूतबिच भेटवार्ता

ओमकार टाइम्स

काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठसँग नेपालका लागि युरोपियन युनियनकी राजदूत भेरोनिक लोरेन्जोले भेटवार्ता गरेकी छिन् । सोमबार सिंहदरबारस्थित आयोग कार्यालयमा उपाध्यक्ष श्रेष्ठसँग राजदूत लोरेन्जोले शिष्टाचार भेटवार्ता गरेकी हुन् ।

भेटवार्तामा आयोगले तयार गरिरहेको १६ औँ योजना, अति कम विकसित मुलुक (एलडिसी) बाट विकासशील मुलुकमा स्तरोन्नति पछि नेपाल र इयूको ब्यापारमा हुने असर, बहुपक्षीय पोषण कार्यक्रम (मल्टी सेक्टरल न्यूट्रिशन) लगायतका विषयमा छलफल भएको छ ।

आयोगका उपाध्यक्ष इयूले गर्दै आएको सहयोगका लागि धन्यवाद दिए । १६ औँ योजना सबै क्षेत्रको सुझाव लिएर तयार भइरहेको बताउँदै लक्ष्य प्राप्ति हुने गरी योजना तर्जुमा हुने उपाध्यक्ष श्रेष्ठले बताए । उपाध्यक्ष र इयू राजदूत लोरेन्जोबीच युरोपियन युनियनसँगको व्यापारमा पर्ने असर र त्यसका लागि परिपूरण गर्ने उपायका विषयमा समेत छलफल भएको छ ।

इयूले नेपालमा हरित अर्थतन्त्र, पूर्वाधार ग्याप हटाउन मद्दत गर्ने उनको भनाई थियो । मानवपुँजी (गुणस्तरीय शिक्षा) मा सहयोग गर्ने तथा नेपालको सुशासन र संघीयता कार्यान्वयनको एजेन्डालाई इयूले सहयोग र समर्थन गर्ने प्राथमिकतामा राखेको राजदूत लोरेन्जेले बताएकी छिन् ।

इयू राजदूत लोरेन्जोले १६ औँ योजनाका लागि साथै बहुपक्षीय पोषण कार्यक्रममा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त समेत गरेकी छिन् । नेपाल अति कम विकसित मुलुकबाट सन् २०२६ मा विकासशीलतर्फ स्तरोन्नति हुँदै गरेको सन्दर्भमा उनले अन्तर्राष्ट्रिय समुदायबाट नेपालले पाउँदै आएको सुविधा निरन्तरताका लागि गृहकार्य गर्नुपर्ने सुझाव पनि दिइन् ।

प्रतिक्रिया