काठमाडौँ । नेकपा एमालेका सचेतक महेश वर्तौलाले प्रतिनिधिसभाको बैठकमा मन्त्री नआएको भन्दै नियमापत्ति जनाएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै सचेतक बर्तौलाले प्रतिनिधि सभा बैठकको काम कारवाही आरम्भ हुँदा नियमावलीको नियम ६ को उपनियम ५ मा प्रतिनिधिसभाको बैठकमा मन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्नेछ भन्ने व्यवस्था रहेको उल्लेख गर्दै मन्त्री नदेखिएको हुँदा बैठक प्रक्रिया अघि बढ्ने र छलफल हुने कुरा अगाडि बढाउनु हुन्छ कि हुँदैन भन्दै नियमापत्ति जनाए । >
बर्तौलाले नियमापत्ति जनाएलगतै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी सभाहलमा प्रवेश गरे । सभामुख देवराज घिमिरेले मन्त्री खाजा खान गएको र अहिले आइसकेकोले बैठक अघि बढ्ने जानकारी गराउँदै बैठकलाई निरन्तरता दिए ।>