मुख्य समाचार
मेयर बालेन शाहको फेसबुकबाट हटेको पोस्ट फिर्ता आयाे | अनलाइन सट्टेवाजमा संलग्न दुई युवक पक्राउ | एन्फा महिला लिग: एपीएफसँग आर्मी पराजित | एनजीओको कार्यक्रममा सहभागी हुन उपेन्द्र यादव आज नयाँ दिल्लीमा | बलिउड चलचित्र स्त्री २ ओटीटी प्लेटफर्ममा रिलिज हुने | रौतहटमा एक युवकको शव फेला | डोनाल्ड ट्रम्पलाई सजाय निर्धारण नोभेम्बरमा अमेरिकी राष्ट्रपति चुनावसम्म स्थगित | हलेसी मन्दिर प्रवेशद्वार र ढुङ्गे बगैँचा जाने कच्ची सडक ढलान गरिँदै | जनावर तथा चराको सम्पर्कमा नआइकन एक व्यक्तिमा वर्ड फ्लु सङ्क्रमण | चीनको हाइनानमा शक्तिशाली समुद्री आँधी आउदा २ जनाकाे मृत्यु |

समाचार ४ असोज २०८०
सरकारले भन्यो–शिक्षकसँग गरेका सहमतिबाट पछि हट्दैनौँ

ओमकार टाइम्स

काठमाडौँ । सरकारले शिक्षकहरुसँग विगतमा भएका सहमतिबाट पछि नहट्ने स्पष्ट गरेको छ । कार्यबहाक प्रधानमन्त्री पूर्णबहादुर खड्काले शिक्षकहरुसँग सरकारले गरेका सहमतिबाट पछि नहट्ने बताएका हुन् । 

बिहीबार कांग्रेस केन्द्रीय समिति बैठकमा सरकारका तर्फबाट धारणा राख्दै शिक्षक महासंघले अहिले राखेका मागमध्ये कतिपय शिक्षा नियमावलीमै समावेश गर्नुपर्ने खालका रहेको समेत बताए । ‘शिक्षा नियमावलीमा राख्नुपर्ने बाँकी छन्’, उनले भने,‘ त्यो विषयमा उहाँहरुसँग छलफल र वार्ता गरेर यी–यी विषय हामी शिक्षा नियमावलीमा सम्बोधन गर्छौ भनेर भन्न सकिन्छ ।’

अर्को निजमति सेवा सरहको पेन्सनको सवालमा २०७६ सालदेखि लागु हुनेगरी भनेर शिक्षा मन्त्रालयले परिपत्र गर्नेवित्तिकै कार्यान्वयनमा जाने कार्यबहाक प्रधानमन्त्री खड्काले बताए । ‘यो पनि उहाँहरुको माग छ यसमा पनि हामीले सल्लाह गरेका छौ यसमा कुनै समस्या छैन’, खड्काले आन्दोलनरत शिक्षकहरुका मागबारे व्रिफिङ गर्दै भने, ‘बीचमा उहाँहरु छलफलमा बस्नुभएको भए धेरै कुरा क्लियर हुन्थ्यो । उहाँहरुले पनि भन्न पाउनुहुन्थ्यो ।’

मन्त्री खड्काले शिक्षकहरुको मागबारे समग्रतामा समाधान निस्कने बताए । ‘शिक्षकहरुको मागमा समग्रतामा समाधान निस्कन्छ । पार्टीका तर्फबाट पनि यही कुरा नेताहरुले भनिदिनुस् । पहिला सहमति भएका कुराबाट सरकार पछि हट्दैन ।’

उनले मुलुकको अर्थतन्त्रले तत्तकाल धान्न नसक्ने कुरा, आर्थिक बोझ हुने कुरा र संविधानले गरेको व्यवस्थाको प्रतिकुल हुने कुरामा सरकार त्यो ठाउँमा पुग्न नसक्ने बताए । ‘बाँकी कुरा खुला छलफल गरौ, कति ऐनमा आउला, कति नियमावलीमा आउला, कति कार्यविधि र कति परिपत्रमा आउला यो कुरा पहिला पनि भनेको हो । अहिले पनि त्यही कुरा खुला हृदयले कुरा भएको छ र आजबाट उपप्रधान तथा गृहमन्त्रीको नेतृत्वमा छलफल सुरु भएको छ । समाधान गर्न सरकारले अग्रसरता लिइरहेको छ’, कार्यवहाक प्रधानमन्त्री खड्काको भनाइ छ ।

प्रतिक्रिया