समाचार २ असोज २०८०
रुपन्देहीमा कुटपिटबाट एक जनाको मृत्यु

ओमकार टाइम्स

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका–९ मा  कुटपिटबाट एक जनाको मृत्यु भएको छ ।

नगरपालिकाको  वडा न ९ केवलानीमा गएराति मादक पदार्थ सेवन गरी एक आपसमा झैझगडा गरेका मजदुरमध्ये हेटौंडाका सुरेश साङत्याङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

घटनामा  ३ जना घाइते  भएका छन् । प्रहरी निरीक्षक किशोर केसीका अनुसार प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको छ ।

घाइतेलाई उपचारको भैरहवा  लगिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको  प्रहरीले जानकारी दिएको छ । 






प्रतिक्रिया

सम्बन्धित समाचार