कीएभ । रुसी सेनाले युक्रेनमा लगातार दोस्रो रात हवाई हमला गरेको छ । युक्रेनको वायु सेनाका अनुसार ६० वटा भन्दा बढी हवाई आक्रमणको मुख्य लक्ष्य दक्षिणी ओडेसा सहर रहेको थियो ।>
रुसले आक्रमणमा कालिबर, केएच–२२ र ओनिस्क क्रुज मिसाइलका साथै इरानमा बनेको साहेद–१३६/१३१ ड्रोनको प्रयोग गरेको थियो । युक्रेनको एयर डिफेन्स प्रणालीले १४ वटा क्रुज मिसाइल र २३ वटा ड्रोन नस्ट गरेको जानकारी दिइएको छ ।>
मंगलबार पनि रुसले ओडेसा सहरमा आक्रमण गरेको थियो । क्राइमिया जोड्ने पुलमा आक्रमण गरेको प्रतिक्रिया स्वरुप मस्कोले आक्रमणलाई तीव्र बनाएको बताइएको छ ।>
>>