मुख्य समाचार
आजको मौसम : देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव | आईसीसी टी–२० अलराउन्डर वरीयतामा दीपेन्द्रको छलाङ | किम जोङ उनले गरे युक्रेनमा रुसी आक्रमणको समर्थन | पुटिनको उत्तर कोरिया भ्रमणबारे के भन्छ चीन ? | सुदूरपश्चिममा डेंगु सङ्क्रमित बढ्दै | छाउगोठमा बसेकी एक किशोरीमाथि बलात्कार गरेको आरोपमा एक जना पक्राउ | कवाडी व्यवसायीलाई सांसद सिंहले भने- फोहोर काठमाडौं महानगर र बालेनको घरअगाडि थुपारौं | करेन्ट लागेर एक जनाकाे मृत्यु | प्रेममा परेकी हुन् अभिनेत्री श्रद्धा ? | जेलमा रहेको लरेन्स बिश्नोईले पाकिस्तानी ग्याङ्गस्टरलाई इदको बधाई दिएपछि भारतमा हङ्गामा |

अन्तर्राष्ट्रिय २५ वैशाख २०८१
को–को सहभागी हुँदैछन् पुटिनको शपथ ग्रहण समारोहमा ?

एजेन्सी

मस्को । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आज पाँचौँ पटक राष्ट्रपति पदको शपथ लिँदै छन् । उनको शपथ ग्रहण समारोह  मस्कोको ग्र्यान्ड क्रेमलिन प्यालेसमा सुरु हुनेछ । यो समारोह करिब एक घण्टासम्म चल्ने बताइएको छ । रुसमा मार्च १५–१७ मा भएको निर्वाचनमा पुटिनले ८८ प्रतिशत मत प्राप्त गरेका थिए । उनका प्रतिद्वन्द्वी निकोले खारिटोनोभले ४ प्रतिशत मात्रै मत पाएका थिए ।

ग्रान्ड क्रेमलिन दरबार रुसको जार परिवारका तीन राजाहरू अलेक्जेन्डर द्वितीय, अलेक्ज्याण्डर तृतीय र निकोलस द्वितीयको राज्याभिषेक गरिएको थियो । पुटिनले सन् २००० मा पहिलो पटक राष्ट्रपतिको शपथ लिएका थिए । त्यसयता उनी सन् २००४, २०१२ र २०१८ मा पनि राष्ट्रपति भइसकेका छन् । 

को–को सहभागी हुनेछन् शपथ ग्रहण समारोहमा ?

शपथ ग्रहण समारोहमा रुसको तल्लो सदन र माथिल्लो सदनका सदस्यहरू, उच्च अदालतका न्यायाधीशहरू, विभिन्न देशका राजदूतहरू र कूटनीतिक निकायहरू उपस्थित रहनेछन् । सन् २०१८ मा, पुटिनको चौथो शपथ ग्रहणमा पूर्व जर्मन चान्सलर गेर्हार्ड श्रोडर सहित करिब ६ हजार मानिस उपस्थित थिए । यसको प्रत्यक्ष प्रसारण पनि भएको थियो । यो पटक भने त्यस्तो रौनक छैन । 

शपथ समारोह पछि  रुसी अर्थाेडक्स चर्चका प्रमुखका साथमा पुटिनले क्याथेड्रल चर्चमा प्रार्थना गर्नेछन् ।

पुटिनका लागि किन महत्त्वपूर्ण छ यो कार्यकाल ?

पुटिन पाँचौँ पटक रुसको राष्ट्रपतिमा निर्वाचित भएका छन् । यो कार्यकालको अन्त्यमा, उनी जोसेफ स्टालिनलाई पछाडि पार्दै सबैभन्दा लामो समयसम्म रुसमा शासन गर्ने नेता बन्नेछन् । पुटिन सन् २०३६ सम्म राष्ट्रपति बन्ने तय छ । आफ्नो हरेक कार्यकालमा पुटिनले रुसमाथि आफ्नो पकड कायम राख्न महत्त्वपूर्ण साबित हुने केही न केही कदम चालेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार