मुख्य समाचार
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, आज कुन देशको मुद्रा कतिमा साटिन्छ? | आजको मौसम :कोशी प्रदेश लगायत बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली | डा. बाबुराम भट्टराईले राजनीतिक प्रतिशोध साँधेर रवि लामिछानेलाई पक्राउ गरिएको आरोप लगाए | राष्ट्रिय स्वतन्त्र पार्टीले रविलाई अन्याय भएको भन्दै गुहार्‍यो मानवअधिकारकर्मी | एनपिएलकै छिटो अर्धशतक प्रहार गरे पोखराका आन्द्रेस गौसले | सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा गुरुङ पक्राउ | न्युजिल्याण्डको हिमालमा बेपत्ता भएका तीन आरोहीको मृत्यु | एनपिएलमा कर्णाली याक्सको पहिलो जित | भुटानी राजा जिग्मे खेसार नाम्ग्याल वाङ्चुक आज काठमाडौँमा | सुनकाे मुल्यमा गिरावट |

समसामयिक १७ कार्तिक २०८१
आज गाईको पूजा गरिँदै

ओमकार टाइम्स

कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदै छ ।  

 गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्त्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ ।

गाईको पूजा गरी आजका दिन मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । नेपालका कतिपय भाग र केही समुदायमा कात्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

 वैदिक सनातन हिन्दु धर्मावलम्बीले गर्ने प्रत्येक कर्ममा गाईदान गर्ने विधि छ । पछिल्लो समय गाईको अभावमा पैसा राखेर सङ्कल्प पढिन्छ । गाईलाई सम्मानका साथ राष्ट्रिय जनावरका रूपमा राखिएको छ । आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार