दमक / भारतमा बेच्न लैजाँदै गरेको अवस्थामा प्रहरीले १४ वर्षीय किशोरीलाई प्रहरीले ललितपुरबाट उद्धार गरेको छ ।किशोरीलाई बेचबिखनमा लैजान खोज्ने दुई जनालाई पनि प्रहरीले पक्राउ गरेकाे छ । >
नुवाकोटको दुप्चेश्वर गाउँपालिका–६ घर भएका ३९ वर्षीय सम्बरबहादुर तामाङ र नुवाकोट तादी गाउँपालिका–२ घर भएकी ३३ वर्षीय इन्दिरा कटुवा तामाङ लाइ प्रहरीले पक्राउ गरेकाे हाे । >
यसअघि पनि बेचबिखन मुद्दामा जेल परेका सम्बरबहादुर २०८० वैशाखमा मात्र थुनामुक्त भएका थिए । उनी १० वर्ष जेल बसेर छुटेका हुन् । जेलबाट छुट्नासाथ उनले पुरानै अपराध कर्म सुरु गरेको प्रहरीले जनाएकाे छ ।
>
>>