मुख्य समाचार
एन्फा महिला लिग: एपीएफसँग आर्मी पराजित | एनजीओको कार्यक्रममा सहभागी हुन उपेन्द्र यादव आज नयाँ दिल्लीमा | बलिउड चलचित्र स्त्री २ ओटीटी प्लेटफर्ममा रिलिज हुने | रौतहटमा एक युवकको शव फेला | डोनाल्ड ट्रम्पलाई सजाय निर्धारण नोभेम्बरमा अमेरिकी राष्ट्रपति चुनावसम्म स्थगित | हलेसी मन्दिर प्रवेशद्वार र ढुङ्गे बगैँचा जाने कच्ची सडक ढलान गरिँदै | जनावर तथा चराको सम्पर्कमा नआइकन एक व्यक्तिमा वर्ड फ्लु सङ्क्रमण | चीनको हाइनानमा शक्तिशाली समुद्री आँधी आउदा २ जनाकाे मृत्यु | सलमानको सुरक्षा गर्दै आएका शेरा भन्छन्– म बाहेक भाइलाई कसैले सम्हाल्न सक्दैन | २७ वर्षदेखि हराइरहेका यी चर्चित बलिउड अभिनेता |

अपराध ३० कार्तिक २०८०
उपत्यकाबाट एक करोड रुपैयाँभन्दा बढीको धनमाल चोरी

ओमकार टाइम्स

काठमाडौँ । उपत्यकामा तीन साताको अवधिमा १ करोड भन्दा बढीको धनमाल चोरी भएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका अनुसार कात्तिक ११ देखि बिहीबारसम्म कुल १ करोड ३ लाख ६६ हजार १९५ रुपैयाँ बराबरको धनमाल चोरी भएको हो । 

प्रहरीका अनुसार काठमाडौँको २० स्थानबाट २७ लाख ७९ हजार ४४५ बराबरको धनमाल चोरी भएको छ । यस्तै ललितपुरको १० स्थानबाट २५ लाख ३० हजार ७५० बराबरको चोरी हुँदा भक्तपुरको ७ स्थानबाट ५० लाख ५६ हजार बराबरको चोरी भएको छ । 

ती घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको छ । यस्तै काठमाडौँका ५ स्थानमा लुटपाट हुनुका साथै ती घटनामा ३ जना पक्राउ परेको पनि प्रहरीले जनाएको छ । 

यसैबीच सोही अवधिमा काठमाडौँमा ८ स्थानमा आगलागीको घटना भएको छ । यस्तै ललितपुरमा ४ तथा भक्तपुरमा २ स्थानमा आगलागीको घटना भएको छ ।  यस्तै आगलागीमा परी भक्तपुरको लोकन्थली एक जनाको मृत्यु हुनुका साथै अनुमानित कुल ८ करोड ७७ लाख ४५ हजार बराबरको भौतिक क्षति भएको छ ।

प्रतिक्रिया