मुख्य समाचार
सुदूरपश्चिमका मन्त्रीको स्वकीय सचिव भन्दै कर्मचारीसँग पैसा उठाउने एक जना पक्राउ | एसियाली खेलकुद : बास्केटबलमा जापानसँग हार्‍यो नेपाल | कोशी प्रदेशमा मन्त्रीमण्डल नौ सदस्यीय पुग्यो, आजै चार मन्त्री नियुक्त | कांग्रेस बैठकमा कार्यवाहक प्रधानमन्त्री : शिक्षकका सबै माग सम्बोधन हुन्छ | काठमाडौँ र भक्तपुरमा एकै दिन १६ लाखभन्दा बढीको चोरी | बुवाका यस्ता पाँच बानी जसले बनाउँछ छाेरालाई केयरिङ र उत्कृष्ट व्यक्ति | हडिया खोलामा झोलुङ्गे पुल बनेपछि स्थानीयवासी हर्षित | ओलीको दाबी : विरोधीले बुझे हुन्छ, एमालेले एकल बहुमत ल्याउँछ | राष्ट्रपति पौडेललाई जनकपुरमा नागरिक अभिनन्दन | केपी ओलीको प्रश्न : सय किलो सुन ६१ किलो कसरी भयो ? |

समाचार ११ वैशाख २०८०
सुदूरपश्चिमा पशुमा ‘लम्पी स्कीन’ रोगको समस्या

ओमकार टाइम्स

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा ‘लम्पी स्कीन’ रोगको सङ्क्रमणबाट पशुपालक किसान प्रभावित हुन थालेका छन् ।

रोगका कारण पशु धमाधम मर्न थालेपछि किसान समस्यामा परेका हुन । पशुको शरीरभरि गिर्खा देखा पर्ने र त्यस पछि घाउ भई निको नहुने समस्या रहेको पशुपालक किसानको भनाइ रहेको छ । गाई गोरुले मुखबाट फिँज निकाल्ने, शरीर पूरै तातो हुने, नाकबाट सिँगान बग्नेलगायतका लक्षण देखा पर्ने गरेको छ । घाउमा किरा पर्ने र पशुको मृत्यु हुने गरेको छ ।

पशु चिकित्सकका अनुसार सो रोगबाट सङ्क्रमित भएका दुधालु पशुले दूध घटाउँदै लैजाने गर्दछन् । गत वर्ष लम्पी स्कीन रोग कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ का व्यावसायिक रुपमा गाईपालनमा लागेका किसानको फार्ममा देखा परेको थियो ।

हाल यो रोग व्यापकरुपमा फैलिएको छ । सुदूरपश्चिमका कैलाली कञ्चनपुरदेखि पहाडी र हिमाली जिल्लामा लम्पी स्कीन रोग देखा पर्न थालेको पशुरोग अन्वेषण प्रयोगशाला धनगढीका प्रमुख डा नरेश जोशीले जानकारी दिए । उनका अनुसार हालसम्म यस रोगबाट प्रदेशका नौवटै जिल्लामा दश हजार बढी पशु सङ्क्रमित भएका छन् । एक सय बढी पशुको यसै रोगका कारण मृत्यु भइसकेको छ ।

रोगको सङ्क्रमण फैलिन नदिनका लागि किसानले सजग हुनु पर्छ”, उनले भने, “रोग देखा परेका गाई गोरुलाई अलग्गै राखी सरसफाई गर्ने र आवश्यकताका आधारमा पशु चिकित्सक वा प्राविधिकको सल्लाहमा औषधिको प्रयोग गर्नुपर्छ ।” सरुवा रोग भएकाले अरु पशुमा सङ्क्रमण फैलिन नदिनका लागि पशुपालक किसानलाई रोगबारे जानकारी दिने र निदानका उपायबारे जानकारी दिन आवश्यक रहेको उनले उल्लेख गरे ।

उनका अनुसार सबैभन्दा बढी यस रोगबाट गाई, गोरु र बाच्छाबाच्छी प्रभावित भएका छन् । थोरै भैँसीमा समेत यो रोग देखा परेको छ । भारतीय घुमन्ते व्यापारीले बिक्रीका लागि ल्याउने पशुबाट यो रोग फैलिएको आशंका स्थानिय पशुपालकले गरेका छन् । “रोगको निदानका लागि गाई गोरुको ओसार पसार र बेचबिखनको कार्य रोक्नु नितान्तै जरुरी छ”, शुक्लाफाँटा नगरपालिकाका पशु शाखाका अधिकृत नारायणदत्त भट्टले भने, “गाई गोरुलाई चराउन लैजाने कार्य बन्द नहुँदासम्म सङ्क्रमण रोक्न कठिन छ ।”

रोगलाई महामारीका रुपमा फैलिन नदिनका लागि किसानलाई सर्तक गराइनुपर्ने उनको भनाइ रहेको छ ।  लम्पी स्कीन रोग विशेष गरी लामखुट्टे, टोक्ने झिङ्गा (स्टोमोक्सीस), किर्नालगायतबाट सर्ने गर्दछ । यस रोगको ठोस उपचार पद्धति नभएकाले लक्षणका आधारमा पशुको उपचार गरिन्छ ।

पक्स भाइरस समूहको लम्पी स्कीन डिजिज भाइरसबाट सर्ने रोग हो । नेपालमा पहिलो पटक यो रोग विसं २०७७ मा मोरङ जिल्लामा देखा परेको थियो ।

प्रतिक्रिया