दमक / सल्यानमा बलात्कार आरोपमा एक जना पक्राउ परेका छन्।पक्राउ पर्नेमा त्रिवेणी गाउँपालिका – ३ टाट्केका ४२ वर्षीय टोपबहादुर वली रहेका छन् । >
प्रहरीले वलीविरूद्ध ४३ वर्षीया महिलालाई बलात्कार गरेको जाहेरी परेपछि उनलाई पक्राउ गरिएको बताएका छन् । असार १९ गते राति महिलाको घरमा पुगेका उनले कोही नभएको र महिलाका श्रीमान पनी घरमा नभएकाे मौकामा ती महिलामाथि बलात्कार गरेको आरोप छ। >
पीडित पक्षकै सुराकीको आधारमा वलीको घर खान तलासी गर्दा एक थान भरुवा बन्दुक लुकाइ छिपाइ राखेको अवस्थामा फेला परेको प्रहरीले बताएकाे छ ।>
उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।
>
>>