गाजा । इजरायली सेनाले गाजा शहरको सबैभन्दा ठूलो अस्पताल अल(शिफाको हरेक कोठामा हमासको खोजी गरिरहेको छ । अस्पतालको पूर्ण खोजी हुन केही हप्ता लाग्ने अनुमान गरिएको छ।>
इजरायली सेनाका प्रवक्ता ले। जोनाथन कोनरिकसले बीबीसी रेडियो फोरको कार्यक्रममा अस्पताल मुनि सुरुङको सञ्जाल रहेको र खोजी गर्न ुकेही हप्ताु लाग्न सक्ने बताए । अस्पतालमा हमासको कमाण्ड एण्ड कन्ट्रोल सेन्टर रहेको र केही हतियार पनि भेटिएको उनको दाबी छ । >
अर्कोतर्फ अल(शिफा अस्पतालका निर्देशकले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, 'स्थिति निकै डरलाग्दो छ । अस्पतालमा रहेका मानिसहरू तिर्खाले रोइरहेका छन्।’ गाजाको स्वास्थ्य मन्त्रालयले इजरायली सेनाले आफ्नो कारबाहीमा अल शिफा अस्पतालको एक भाग ध्वस्त पारेको जनाएको छ ।
अस्पतालमा उपस्थित प्रत्यक्षदर्शीहरूले इजरायली सैनिकहरू अस्पतालको चारैतिर रहेको र जताततै गोली चलिरहेको बताएका छन् ।>
यसैबिच, बिहीबार गाजा पट्टीमा फोन र इन्टरनेट सञ्चार पूर्ण रूपमा बन्द भएको समाचार छ। दूरसञ्चार कम्पनीले ल्यान्डलाइन, फोन र वाइफाइ सुविधा पूर्णरुपमा उपलब्ध नहुने जनाएको छ ।>
मध्य गाजामा बुधबार राति इजरायलले गरेको हवाई बमबारीमा ५० प्यालेस्टाइनीको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका छन् । उता इजरायली सेनाले आफ्नो भूमिगत कारबाहीमा अहिलेसम्म ५० सैनिक मारिएको जनाएको छ । इजरायलले अब दक्षिणी गाजाका चार क्षेत्रबाट मानिसहरूलाई आफ्नो घर खाली गर्न आग्रह गर्दै पर्चाहरू खसालेको छ।>
गाजा स्वास्थ्य मन्त्रालयका अनुसार गाजा पट्टीका ३५ मध्ये २६ अस्पतालले काम गर्न छाडेका छन्।-बीबीसी>
>
>>