मुख्य समाचार
गेस्ट हाउसमा एक युवती मृत अवस्थामा फेला | दक्षिण कोरियाको जङ्गलमा सुख्खा मौसम र हुरीका कारण भीषण आगलागी, २४ जनाको मृत्यु | लोकेश बमको उत्कृष्ट ब्याटिङमा कोशीलाई हराएपछि एपिएफ फाइनल खेल्ने होडमै | यस्ताे छ आजकाे सेयर बजार परिसूचक(नेप्से) | बुधबार सेयर बजार (नेप्से) ४० दशमलब ४७ अंक बू4789+965232 | बुधबार सेयर बजार (नेप्से) ४० दशमलब ४७ अंक बू4789+96523232120 | साफकाे महासचिवमा पुरुषोत्तम कट्टेल नियुक्त | वेस्ट बैङ्कमा नयाँ बस्ती बसाल्ने इजरायली निर्णयप्रति बेलायतकाे विरोध | लोकतन्त्र र गणतन्त्रका विषयमा नकारात्मक भाष्य निर्माण गर्ने कोसिस : गृहमन्त्री लेखक | शकिबको अर्धशतकमा एपीएफलाई कोशीको प्रतिस्पर्धात्मक लक्ष्य |

मनोरञ्जन २१ श्रावण २०८१
फिल्म ‘माइली’ को भद्रकाली मन्दिरमा गरियो शुभ–मुहूर्त

ओमकार टाइम्स

रुना इन्टरटेन्ट्मेन्टको ब्यानरमा बन्ने फिल्म ‘माइली’ को सोमबार राजधानीको भद्रकाली मन्दिरमा शुभ–मुहुर्त गरिएको छ । बाबु साहेब बलामीको निर्देशन रहेको फिल्मको मुहूर्त फिल्मका कलाकार र प्राविधिकको उपस्थिति रहेको थियो ।

फिल्ममा प्रियंका कार्की, करिश्मा मानन्धर, शर्मिला मल्ल, कमला घिमिरे, सुष्मा लामा, अंशु महर्जन, कुसुम शर्मा, प्रिया रिजाल, गीता अधिकारी, सरिता भण्डारी, प्रितिका शर्मा,आश्मा पाण्डे र रेश्मा केसीको अभिनय रहनेछ ।

मुहूर्तमा अखिल नेपाल क्रान्तिकारी चलचित्रकर्मी संघका विवेक सापकोटाले क्ल्याप, सवनम मुखियाले क्यामरा, रक्षा सिंह राणाले निर्देशन गर्दा पत्रकार शान्तिप्रियले नरिवल फुटाएका थिए । नायिका प्रियंका कार्की र नव कलाकार कमला घिमिरेले फिल्मका लागि मुहूर्त सट दिएका थिए । फिल्ममा प्रियंका र कमला आमा छोरीको भूमिकामा देखिनेछन् ।

निर्देशक बलामीले फिल्ममा महिलाको पीडा देखाइने बताए । ‘दलित महिलाको श्रीमान नभएपछि समाजले ऊमाथि कस्तो दृष्टि लगाउँछ ? उसका स–साना नाबालक छोरी हुर्काउन कति कठिन हुन्छ ? यहि समाज जातियताको आडमा कसरी प्रताडित गर्छ भन्ने कथा फिल्ममा देखाइनेछ’, बलामीले भने ।

मंगलबारबाट छायाङ्कन गरिने फिल्म मकवानपुरको वीरखर्ग, कुलेखानी, काठमाडौँ र दुबईमा खिचिनेछ । फिल्ममा शंकर अधिकारी ‘घायल’ को गीत र राजेन्द्र बजगाइको संगीत, शिव ढकालको छायांकन, समीर मियाँको सम्पादन रहनेछ । 

प्रतिक्रिया