मुख्य समाचार
आजको राशिफल : २०८० साल फागुन ११ गते शुक्रबार | सम्बन्ध बिग्रेपछि महिलाको गोप्य फोटो र भिडियो परिवारलाई पठाउने युवक पक्राउ | भक्तपुर अस्पतालमा नयाँ भवनबाट सेवा विस्तार | हिउँले सेताम्मे मनाङ | सशस्त्रका डीएसपीले खिचेको भनिएको ‘अश्लील भिडियो’ प्रकरण के हो ? | जमाएर राखिने भ्रूणलाई पनि शिशु मान्ने फैसला, अमेरिकी अस्पतालले रोक्यो आईभीएफ | भुस्याहा कुकुरबाट मारिए चार लाख मूल्य बढीका कुखुरा | जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ | ५० लाख ब्लडमनिको व्यवस्था गरी मृत्युदण्डबाट बचाउन रामहरि खतिवडाको आग्रह | पुलमा जहाज ठोक्किँदा पाँचवटा सवारी नदीमा खसे : दुई जनाको मृत्यु, तीन बेपत्ता |

समाचार १६ मंसिर २०८०
चार महिनामा थपियो साढे ५७ अर्ब सार्वजनिक ऋण

रासस

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चौमासिक अवधिमा रू ५७ अर्ब ७१ करोडभन्दा बढी सार्वजनिक ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत असार मसान्तसम्ममा रू २२ खर्ब ९९ अर्ब ३५ करोड २४ लाख बराबर रहेको सार्वजनिक ऋण कात्तिक मसान्तसम्म पुग्दा रू २३ खर्ब ५७ अर्ब छ करोड नाघेको हो ।

कार्यालयको गत कात्तिक मसान्तसम्मको तथ्याङ्कअनुसार हालसम्म नेपालले तिर्न बाँकी आन्तरिक ऋण रू ११ खर्ब ८३ अर्ब ५७ करोड २१ लाख र बाह्य ऋण रू ११ खर्ब ७३ अर्ब ७९ करोड ६६ लाख रहेको छ ।

चालु आवको चार महिनामा सरकारले आन्तरिक ऋणको साँवाब्याज भुक्तानीमा रू ६५ अर्ब ४५ करोड ८३ लाख र बाह्य ऋणको साँवाब्याज भुक्तानीमा रू १६ अर्ब १८ करोड ६१ लाख बराबर भुक्तानी गरेको देखिएको छ । 

यही अवधिको ऋण प्राप्तिको अवस्था हेर्दा साउनदेखि कात्तिक मसान्तसम्ममा रू ९७ अर्ब ३१ करोड बराबर आन्तरिक ऋण र रू १५ अर्ब ८५ करोड ३० बाह्य ऋण गरी कूल एक खर्ब १३ अर्ब १६ करोड ३० लाख बराबर ऋण उठाइएको छ ।

चालु आवको पहिलो चौमासिक अवधिमा सरकारले गरेको पुँजीगत खर्चभन्दा सार्वजनिक ऋणको साँवा र ब्याज भुक्तानीमा गरेको खर्च करिब तीन गुणाले बढी छ । गत कात्तिक मसान्तसम्ममा सरकारले रू २९ अर्ब ९८ करोड ९४ लाख बराबर पुँजीगत खर्च गरेको छ । यही अवधिमा सार्वजनिक ऋणको साँवाब्याज भुक्तानीमा भने रू ८१ अर्ब ६४ करोड ४४ लाख बराबर खर्च गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार