मुख्य समाचार
कोशी प्रदेशका पुर्व मुख्यमन्त्री माथी भएको आक्रामणको कांग्रेसद्दारा भत्सर्ना | आइतबार सिंहदरबारमा मधेसवादी दलको बैठक | आज सर्वोच्च अदालतमा ललिता निवास प्रकरणका तीन मुद्दा सुनुवाइ हुँदै | यस्तो रहेछ सैफलाई घाइते बनाउने आक्रमणकारीको वास्तविकता | नाइजेरियामा इन्धनको ट्याङ्कर विस्फोट हुँदा ७० जनाको मृत्यु | झापाका तीन स्थानमा नवीनतम् प्रविधिबाट खनजोत नै नगरी मकैखेती | आज काठमाडौँ जिल्ला अदालतमा छविलाल जोशीलाई उपस्थित गराइने | सुनको मुल्यमा सामान्य गिरावट | सुन्दरहरैँचामा जङ्गली हात्तीको आक्रमणबाट ७१ वर्षीय वृद्धको मृत्यु | आजको मौसम : देशमा पश्चिमी वायुको सामान्य प्रभाव |

समाचार २६ श्रावण २०८१
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा अत्याधुनिक लेजर मेसिनद्वारा युरोलोजी सर्जरी सेवा सुरु

रासस

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा अत्याधुनिक लेजर मेसिनद्वारा युरोलोजी सर्जरी सेवा सुरु गरिएको छ । यो अत्याधुनिक थुलियम फाइबर लेजर (टिएफएल) मेसिन हो ।

अस्पतालका उपनिर्देशक एवं युरोलोजिष्ट डा.उमेश नेपालले इण्डोयुरोलोजी सेवाको पछिल्लो प्रविधि (लेटेस्ट टेक्नोलोजी) भएकाले सेवाको समयसापेक्ष स्तरोन्नति हुने बताए । यसअघि युरोलोजीमा प्रयोग हुने लेजरहरु होल्मियम लेजरको पल्स एमल्सन हुने हुनाले टिस्यू च्यातिने सम्भावना (टिस्यू टिएरिङ इफेक्ट) हुने जनाउँदै उनले टिएफएल निरन्तर बीममा निस्किने र टिस्यु च्यातिने समस्या नहुने जानकारी दिए ।

उनले भने, “यो प्रविधिबाट शल्यक्रिया गर्दा रक्तश्राव अति नै न्यून हुन्छ । टिस्यू पेनिट्रेसन सबैभन्दा कम हुने हुनाले जोखिम दर अति नै न्यून हुन्छ ।”

अस्पतालमा हरेक वर्ष चार सय ५० हाराहारी पिसाब थैलीका क्यान्सर र एक सय हाराहारी प्रोस्टेट क्यान्सरको शल्यक्रिया हुने जानकारी दिँदै डा नेपालले यस्ता बिरामीका लागि यो प्रविधि निकै लाभदायी हुने बताए । उनले भने, “एन ब्लक रिसेक्सन गर्न मिल्ने भएकाले पुनःशल्यक्रिया गर्नुपर्ने सम्भावना पनि न्यून हुन्छ ।” मेसिन जडान गरेसँगै शुक्रबार पहिलो दिन तीन वटा शल्यक्रिया गरिएको छ । 

अस्पतालका कार्यकारी निर्देशक डा.शिवजी पौडेलले आधुनिक उपकरणहरु भित्र्याएर सेवा चुस्तदुरुस्त एवं बिरामीलाई सहज बनाउने काममा आफूहरु लागि परेको बताए ।  अस्पतालमा देशभर र भारतीय सीमा क्षेत्रबाट बिरामी उपचारका लागि आउने उनको भनाइ छ ।

प्रतिक्रिया